News Category 2081/10/04
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा कसैलाई जिताउन र कसैलाई हराउन आप्mनो पार्टीको कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन ।
पार्टीका अध्यक्ष डा.सिके राउतकी पत्नी सोनी सिन्धुरानीले सामाजिक सञ्जाल मार्फत नेपाल पत्रकार महासघ शाखा सप्तरीको गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका बैद्यनाथ यादवलाई हराउन जनमत पार्टीले पैसाको चलखेल गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन ।
सप्तरीका सञ्चारकर्मीहरुले फोन मार्फत राखेको जिज्ञासाका जवाफमा प्रवक्ता डा. यादवले भने “सोनीसिन्धुले पार्टीका बारेमा लगाएको आरोपमा कुनै सत्यता छैन, उहाँ पार्टीको कुनै पदमा हुनुहुन्न, उहाँले बोलेका कुराको जिम्मेवारी पनि उहाँ नै हो ।” उहाँलाई हाम्रा पार्टीका अध्यक्ष डा.राउतको श्रीमतीको रुपमा सबैले चिन्छन उनले थपे–“पार्टीसँग उनको कुनै साइनो छैन ।”
सोनी सिन्धुरानी आफ्नो पार्टीका अध्यक्ष डा.राउतकी श्रीमती मात्र रहेको बताउँदै डा. यादवले उहाँहरुबीच अहिले सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधिन रहेको जनाए ।
राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारक्षेत्रलाई जनमत पार्टीले उच्च सम्मान गर्ने गरेको बताउदै उनले पत्रकारको चुनावमा आपृmुहरुले त्यस्तो कुनै गतिविधी नगरेको दाबीका साथ त्यस्तो भ्रामक अफवाह फैलाउने सोनीसिन्धु रानीसँग नै पत्रकारहरुले नै स्पष्टीकरण लिनु पर्ने जनाए ।
उनले पार्टीको बढदो लोकप्रियतालाई हेर्दै केही व्यक्तिले अफवाह फैलाउने र नीजि तथा पारिवारीक असमझदारीलाई अनावश्यक रुपमा उछालेर सर्वसाधारणमा भ्रम फैलाउने काम गरिरहेको दाबी समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ