News Category 2081/10/06
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
भ्रामक प्रचार प्रसार र प्रलोभन देखाई अनुचित ब्यापारीक क्रियामार्फत ठगी गरेको भन्दै पीडित ब्यवसायीले त्यस्ता गतिवीधी गर्ने कम्पनीमाथी कारवाहीको माग गरेका छन ।
बैद्यनाथ कम्पनीका आर्यूवेदिक औषधीका प्रमुख वितरक बुटवलस्थित श्रीराम आर्यूृवेदिक औषधी पसलका संचालक अश्विन शर्माले यसरी ठगी गरेको भन्दै पीडित बनेका यहाँका आर्युवेदिक औषधी ब्यवसायीहरुले यस्तो माग गरेका हुन ।
पीडित मध्येका राजविराज ७ स्थित साईबाबा आर्यूवेदिक पसलका संचालक रमाकान्त साहले बैद्यनाथ कम्पनीका आयुर्वेदिक औषधीका नेपालका लागी प्रमुख वितरक रहेका बुटवलस्थित श्रीराम आर्युवेदिक औषधी पसलका संचालक शर्माले आप्mना डिलरलाई इन्सेटिभ र आर्कषक बोनसको प्रलोभन देखाई ठगी गरेको आरोप लगाएका छन ।
“एक वर्ष अघि सिरहाको लहानमा डिलरहरुको भेला गराई प्रमुख वितरक शर्माले आफ्नो कम्पनीको औषधी बेचे विक्रीका आधारमा इन्सेटीभ र बोनस लगायतका प्रोत्साहन रकम दिने भन्दै प्रलोभनमा पारे, ब्यवसायी साहले भने–अहिले आएर विभिन्न बहाना देखाइ आलटाल गर्न थालेका छन ।”
उनले त्यतिबेला शर्माले इन्सेटिभ र बोनसबारे उपलब्ध गराएको “बैद्यनाथ योजना २०८१÷०८२”को चाट समेत सार्वजनिक गरेका छन । उक्त चार्टमा बैद्यनाथ कम्पनीको औषधी विक्री गरे वापत डिलरलाई ५ लाखमा डेढ प्रतिशत, १२ लाखमा २ प्रतिशत र २४ लाखमा ३ प्रतिशत इन्सेटिभ वापत थप रकम दिने उल्लेख छ ।
औषधी ब्यवसायी साहले आफुले २०८०÷८१ मा उक्त कम्पनीको ८ लाख मुल्य बराबरको औषधी विक्री गरेको प्रमाण देखाउदै कम्पनीका प्रमुख वितरक शर्मा भने अहिले आएर इन्सेटीभ रकम दिन आलटाल गर्न थालेको र विभिन्न बहाना देखाउन थालेको गुनासो गरेका छन ।
उनले यसरी भ्रामक प्रचार प्रसार गरी अनुचित ब्यापारिक क्रियाद्वारा ठगी गर्ने शर्मामाथी कारवाहीका लागी बाणिज्य तथा आपुर्ती मन्त्रालयदेखी प्रहरी र अदालत सम्म पुग्ने बताएका छन । झुठा प्रचार गरेर वितरकलाई झुक्याउने र ठगी गर्ने प्रमुख वितरक शर्माबाट आफुसहित अन्य पीडित ब्यवसायीहरुले इन्सेटिभ रकम पाउनु पर्ने उनको माग छ ।
सोही कम्पनीका अर्का वितरक सिरहाको गोलबजारस्थित फेज आर्यूवेद मेडिसिन सेन्टरका संचालक अतिक अनवरले एक वर्ष अघि लहानमा बैद्यनाथ औषधी कम्पनीका प्रमुख वितरक शर्माद्वारा आयोजना गरिएको डिलरहरुको भेलामा आफु पनि सहभागी रहेको बताए ।
“आफु उपस्थित रहेको सो कार्यक्रममा शर्माले “बैद्यनाथ योजना २०८०÷०८१” सार्वजनिक गर्दै ५ लाख, १२ लाख र २४ लाख सम्मको कारोवार गर्ने डिलरलाई क्रमश डेढ, दुई र तीन प्रतिशत सम्म इन्सेटिभ दिने घोषणा गरेका थिए, उनले, अहिले आएर बोली फेरिनु राम्रो होइन ।”
यसबारे बैद्यनाथ कम्पनी औषधीका प्रमुख वितरक शर्मा संग फोन सम्पर्क गर्दा सूरुमा उनले डिलर साह लगायतको प्रक्रिया नपुगेको तथा समय मै इन्सेटिभ रकमको माग दाबी नआएकाले दिन नसकिएको भन्दै फोन लाईन काटे ।
यसबारे थप जिज्ञासाका लागी पुनः फोन गर्दा उनले पत्रकाहरुले यस्तो विषयमा चासो लिनु हुदैन, “तपाईहरुको अन्य काम छैन” भन्दै पुनः लाईन काटे । तेश्रो पल्ट पुनः फोन गर्दा झर्काे मानेका शर्मालाई पीडामा परेका ब्यक्तीको विषय र समस्यालाई उठान गर्दा फोन काट्नु हुन्छ ? भनी प्रश्न राख्दा उनले भने–जानुस, समाचार लेख्नुस, मेरो केही बिग्रीनेबाला छैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ