News Category 2081/10/08
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
२० बुंदे माँग राखी संघर्षरत मलाह समुदायले माघ २५ गते देखी अनिश्तिकालिन रिले अनसनको घोषणा गरेका छन ।
मलाह जातीको जातीय संगठन नेपाल मलाह कल्याण संघले सोमवार सप्तरी सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आफना माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले आन्दोलनको पहिलो चरणमा अनिश्चितकालिन रिले अनसन शुरु गर्ने घोषणा गरेका छन ।
नेपाल मलाह कल्याण संघका केन्द्रीय अध्यक्ष नारायण मुखियाले पत्रकार सम्मेलनमा २५ माघ देखी सप्तरी र सुनसरीको सिमानामा पर्ने कोशी ब्यारेज क्षेत्रमा अनिश्चितकालिन धर्ना, रिले अनसन र सभाको आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
आन्दोलनका लागी कोशी ब्यारेजमा झापा देखी पर्सा सम्मका मलाह समुदायका अगुवा भेला हुने तय भएको उनको कथन छ । मलाह जातीले ६० वर्ष उमेर सीमामा समाजिक सुरक्षा भत्ता खाइपाई आईरहेकोमा राष्टिूय दलित आयोगको सिफारिसमा हाल उक्त सेवा सुविधा रोक्का गरिएकाले सो पृmुकुवा हुनु पर्ने, सरकारले ठेक्का लगाउदै आएको सार्वजनिक पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बगी आएको काठ, दाउरा संकलन लगायतका ठेक्का कार्य मलाह जातिलाई मात्र उपलब्ध गराइनु पर्ने मलाह कल्याण संघले प्रमुख मागका रुपमा उठाएका छन ।
यस्तै सरकारी स्वामित्वमा रहेका मत्सय फार्महरु, सीमसार र रिजभ्र्यार आदीमा मलाह जातीलाई ५० प्रतिशत आरक्षण, संघीय र सात वटै प्रदेशमा मत्सय मन्त्रालयको स्थापना गरी आवश्यक कर्मचारी भर्नामा मलाह जातीलाई प्राथमिक्ता र जलसेनाको स्थापना गरी मलाह जातीबाट ५० प्रतिशत सैनिक जवान रहने गरी कानूनी व्यवस्था गर्न माँग गरिएको छ ।
मलाह जातीको बालबालिकालाई स्नाकोत्तर सम्मको निःशुल्क शिक्षा, जग्गा विहीनलाई जग्गाको ब्यवस्था, निःशुल्क उपचारको व्यवस्था लगायतका २० बुंदे मांग अघि सारिएको पत्रकार सम्मेलनमा नेपाल मलाह कल्याण संघ सप्तरीका अध्यक्ष पञ्च लाल मुखियाले जानकारी दिए ।
२० बुंदे माग राखेर यस अघि पनि २०६४ साल देखी पटक÷पटक तत्कालिन सरकारका प्रमुखलाई ज्ञापन पत्र बुझाए पनि आश्वासन बाहेक केही न पाइएको पत्रकार सम्मेलनमा संघका केन्द्रिय सचिव सुकलाल मुखियाले जानकारी दिए ।
पछिल्लो पटक पुष १८ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइए पनि माँग सम्बोधनको कुनै पहल न भएकाले बाध्य भई संघर्षको बाटो रोज्नु परेको पत्रकार सम्मेलनमा संघको केन्द्रिय उपाध्यक्ष अशोक कुमार मुखियाले बताए ।
उनले मलाह जातीको मुृख्य पेशा नै माछा मार्ने, डुङ्गा चलाउने तथा पानीमा मखान उत्पादन गरी गुजारा चलाउने रहेको भन्दै ९९ प्रतिशत मलाह जातीको आप्mनो जग्गा जमिन समेत न रहेको सुनाए ।
पछिल्लो चरणमा अनिश्चितकालिन रिले अनशन सूरु गरिने र त्यसबाट पनि सुनवाई न भए दोश्रो चरणमा आन्दोलनका सशसक्त कार्यक्रमहरु अघि बढाइने तयारी भइरहेको संघले जनाएको छ । पत्रकार सम्मेलनमा संघका केन्द्रिय समितीका पदाधीकारी संगै झापा, मोरङ्ग, सुनसरी र सप्तरीका जिल्ला समितिका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ