News Category 2081/10/10
गजेन्द्रनारायण सिंहको सम्झना
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
मधेशी अधिकारका लागी संगठित अभियानको सूरुवात र नेतृत्व गरेका नेता गजेन्द्रनारायण सिंहको राजनीतिक योगदान बारे बिहीबार सम्झना गरिएको छ ।
उनको २४ औं स्मृती दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनलाई सम्झिदै योगदान बारे चर्चा गरेका हुन् ।
राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति पार्टीको अगुवाईमा विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्मृती दिवस मनाइएको हो ।
उक्त अवसरमा राष्ट्रिय मुक्ती पार्टीका साथै जसपा, लोसपा र जनमत पार्टीका नेता कार्यकर्ताले स्थानीय गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अपर्ण गरेका छन ।
विहीवारै राष्ट्रिय मुक्ती पार्टी सप्तरीले उधोग बाणिज्य संघको सभाकक्षमा “गजेन्द्रनारायण सिहंको चिन्तन र मधेशको भावी कार्यदिशा” विषयक विचार गोष्ठी कार्यक्रमको आयोजना समेत गरेको छ ।
राष्ट्रिय मुृक्ती पार्टी सप्तरीका संयोजक दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीमा राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, गजेन्द्र कुमार सिंह यादव, राजनारायण साह, केशव शर्मा, ज्योतिष मिश्रा, सैशव मिश्रा, जसपा नेता विकास तिवारी, किशोर यादव केसी, विद्यार्थी नेता शम्भु यादव, सुमन चौधरी, रामविलास साह लगायतले स्व. गजेन्द्रनारायण सिंहको राजनीतिक योगदानको चर्चा गर्दै उनकै विचार र चिन्तनको जगमा मधेशवादी दलहरु मिलेर अघि बढनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ