News Category 2081/10/10
गजेन्द्रनारायण सिंहको सम्झना
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
मधेशी अधिकारका लागी संगठित अभियानको सूरुवात र नेतृत्व गरेका नेता गजेन्द्रनारायण सिंहको राजनीतिक योगदान बारे बिहीबार सम्झना गरिएको छ ।
उनको २४ औं स्मृती दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनलाई सम्झिदै योगदान बारे चर्चा गरेका हुन् ।
राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति पार्टीको अगुवाईमा विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्मृती दिवस मनाइएको हो ।
उक्त अवसरमा राष्ट्रिय मुक्ती पार्टीका साथै जसपा, लोसपा र जनमत पार्टीका नेता कार्यकर्ताले स्थानीय गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अपर्ण गरेका छन ।
विहीवारै राष्ट्रिय मुक्ती पार्टी सप्तरीले उधोग बाणिज्य संघको सभाकक्षमा “गजेन्द्रनारायण सिहंको चिन्तन र मधेशको भावी कार्यदिशा” विषयक विचार गोष्ठी कार्यक्रमको आयोजना समेत गरेको छ ।
राष्ट्रिय मुृक्ती पार्टी सप्तरीका संयोजक दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीमा राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, गजेन्द्र कुमार सिंह यादव, राजनारायण साह, केशव शर्मा, ज्योतिष मिश्रा, सैशव मिश्रा, जसपा नेता विकास तिवारी, किशोर यादव केसी, विद्यार्थी नेता शम्भु यादव, सुमन चौधरी, रामविलास साह लगायतले स्व. गजेन्द्रनारायण सिंहको राजनीतिक योगदानको चर्चा गर्दै उनकै विचार र चिन्तनको जगमा मधेशवादी दलहरु मिलेर अघि बढनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ