News Category 2081/10/12
चिसोका कारण थप चार दिन विद्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
विगत पाँच दिनदेखी सितलहर, बाक्लो हुस्सु तथा हावाका कारण बढेको अत्यधिक चिसोले जनजीवन कष्टकर बन्दै जादा राजविराजका सम्पूर्ण विद्यालयहरुमा थप चार दिन बिदा दिइएको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले शुक्रबार एक सूचना जारि गरि माघ १३ देखी १५ गतेसम्म नगर क्षेत्र भित्रका सम्पूर्ण संस्थागत तथा निजि विद्यालयहरु बन्द रहने जनाइएको छ ।
जारि सूचनामा “बढ्दै गइरहेको जाडो एवं शीतलहरका कारण विद्यालयहरुमा अध्यनरत बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै माघ १३ देखी १५ सम्म र १८ गते शुक्रबार गरि चार दिन विद्यालयका प्रशासनिक कामकाज बाहेक सम्पूर्ण शैक्षिक क्रियाकलाप स्थगित गरिएको छ ।” उल्लेख छ ।
सूचनामा ती बिदाहरु वार्षिक बिदामा मिलान गर्ने गरि प्याबशन, एनप्याबशन र नेपाल प्याबशन सप्तरी समेतलाई बोदार्थ गरिएको छ ।
यता विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
चिसोबाट अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
चिसोकै कारण मंगलबार बिहान जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ