News Category 2081/10/15
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सतिश कुमार
राजविराज, १५ माघ ।
देशकोे विकास गर्नु राज्यको मात्रै होइन नागरिकको पनि दायित्व हो, हामी सबैले देशको लागि सोच्नु पर्छ । उक्त कथन नेपालकै लब्ध प्रतिष्ठित बैज्ञानिक महाबीर पुनको हो ।
राजविराज नगरपालिकाले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा पुनले सरकारले चासो नदिए पछि बिरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि मैले आफ्नै स्तरबाट प्रयास थालेको छु भन्दै पुनले यसै कार्यको लागि मैले मेरै आत्मकथा लेखेर अहिले देश भरि नै घुमेर बिक्री गर्ने अभियान थालेको बताएका छन ।
४०औं जिल्लाको रुपमा सप्तरी आइपुगेको र यहाँ उत्साहजनक बाताबरण नभएको भन्दै पुनले अहिले सम्म सवा लाख पुस्तक बेचेर ९ करोड़ सम्म रुपैयाँ जम्मा भएको र सो रकम कारखाना सञ्चालनको लागि मेशिन मर्मतमा लगाई सकिएको बताएका छन ।
कुल ३ लाख किताब बेच्ने र सोबाट आउने लगभग २२ करोड रुपैयाले कारखाना सूचारु हुने जानकारी दिंदै पुनले कारखानाबाट अहिले प्रारम्भिक चरणमा कृषकहरुलाई बजार भन्दा सस्तो मोलमा आवश्यक पर्ने साना औजारहरुको निर्माण प्रारम्भ भईसकेको बताए ।
नेपाल सरकारले २०७९ साल भदौमै राष्ट्रिय अविष्कार केन्द्रसँग बिरगञ्ज कृषि औजार कारखाना सञ्चालनको लागि समझौता गरे पनि अहिले सम्म केही नगरेको तथा संघीय वा प्रदेश सरकार कसैले पनि चासो नदेखाएकै कारण किसानहरुको खुशी र देशको लागी केही गरौं भन्ने भावनाले मैले यो कदम चालेको बताउँदै पुनले सामान्य किसानहरुको उन्नती र प्रगतिको लागि स्थानीय सरकारले पनि उद्योग सञ्चालनमा सहयोगको लागि किताब किनी दिनु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा अध्यक्षता गर्नु भएकी राजविराज नगर पालिकाका कार्यवाहक नगर प्रमुख ईशरत परवीनले समग्र किसान कै हित हुने उद्देश्य लिएर थालिएको यस कार्यमा आफ्नो पालिकाले पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै १ लाख बराबरको किताब राजविराज नगरपालिकाले किनि दिने घोषणा गरिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ