News Category 2081/10/18
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार महिलाको मृत्यु हुने गरेको तथ्याङ्क शुक्रबार सार्वजनिक गरिएको छ ।
जिल्ला खोप समन्वय समिती सप्तरीले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा माघ २३ देखी संचालन हुने एचपीभी खोप अभियानबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको संचार क्षेत्रसँगको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनीधी एवं खोप अधिकृत सरला न्यौपानेले तथ्याङ्क प्रस्तुत गर्दै पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार महिलाको मृत्यु हुने गरेको बताउँदै मृत्युदर घटाउन र महिलालाई पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन अहिले नेपालमा एचपीभी खोप अभियान चलाइएको जानकारी समेत दिइन् ।
उनले जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत सबै किशोरी गरि ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरी अभियान चलाउन लागिएको बताइन् ।
नेपालमा क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर नै पहिलो कारण देखिएको भन्दै अभियान सफल बनाउन सञ्चारकर्मीहरु समेतलाई सहयोग गर्न आग्रह गरिन । उनले हाल विश्वभरी प्रत्येक वर्ष ५ लाख ७० हजार महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको जानकारी दिँदै मृत्यु दर यस्तै रहेमा सन् २०३० सम्मा यो संख्या बढेर ७ लाख पुग्ने अनुमान गरिएको बताइन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले एचपीभी खोप अभियान माघ २३ देखी जिल्लामा दुई चरणमा संचालन हुने जानकारी दिए । पहिलो चरण माघ २३ देखी ३० सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने बताए ।
यस्तै दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचालन हुने सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिए ।
उनले उक्त अभियान मुलुकभर एकै दिन २२ माघ देखी संचालन हुने तय रहेपनि सप्तरीमा सरस्वती पुजा र त्यसको भोली पल्ट मुर्ती सेलाउन दिनमा विद्यालयहरु बन्द रहने भएका कारण यहाँ २३ माघदेखी अभियान थालिने निर्णय गरिएको बताए ।
जनस्वास्थ्य अधिकृत जागेश्वर खडकाले जिल्लामा एचपीभी खोप अभियान संचालनका लागी ४ सय ५० खोप केन्द्र कायम गरिएको र यसमा १ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले पनि बोल्दै खोप अभियान सफल बनाउन सबैले सहयोग गर्नू पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ