News Category 2081/10/23
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा चार हजार एक सय किशोरीलाई खोप
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप अभियान बुधवारदेखी सप्तरीमा सुरु भएको छ । सो अभियान अन्तरगत पहिलो दिन ४ हजार १ सय किशोरीहरुलाई खोप दिइएको छ ।
म्ुालुकभर अघिल्लो दिन मंगलवारदेखी एकै साथ संचालन भएपनि सप्तरीमा उक्त दिन सरस्वती पुजा सम्पन्न भई मुर्ती सेलाउने दिन परेकोले एकदिन ढिलो गरि अभियान सुरु गरिएको हो ।
१८ वटा पालिका रहेको जिल्लामा पहिलो चरणमा माघ २३ देखी ३० माघ सम्म जिल्लाको ९ वटा पालिकामा अभियान चलाईएको छ । त्यसपछि फागुन १ देखी फागुन ६ सम्म बाकि रहेका ९ वटा पालिकामा उक्त अभियान चलाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए । उनले जिल्लामा ३६ हजार ६ सय १ किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी समेत दिए ।
पहिलो चरण अन्तर्गत बुधवार रुपनी गाउँपालिकाबाट अभियान सूरु गरिएको हो । रुपनी गाउँपालिका १ रायपुरस्थित श्री कन्छु नर प्रताप माध्यमिक विद्यालय परिसर भित्र कायम गरिएको खोप केन्द्रमा १ सय ८० बालिका र किशोरीहरुलाई एचपीभी खोप लगाएर खोप अभियानको सूरुवात गरिएको छ ।
जिल्ला खोप समन्वय समितिको अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले खोप केन्द्रका स्वास्थ्यकर्मीहरुलाई खोप समाग्री हस्तान्तरण गर्दै अभियानको उदघाटन गरे ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले पाठेघर मुखको क्यान्सर रोग विरुद्धको खोप अभियान अन्र्तगत जिल्ला भरीमा गरी कुल ४ सय ५० खोप केन्द्र कायम गरि ३६ हजार ७ सय १ किशोरीलाई खोप दिने लक्ष्य राखेको भन्दै लक्षित किशोरीहरु कोही पनि नछुटुन र यसका लागी सबै सचेत अभिभावकले पनि आ–आफनो स्तरबाट सकारात्मक भूमिका खेल्नुृ पर्नेमा जोड दिए ।
अभियान उद्घाटन समारोहमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, प्रमुख प्रशासकिय अधिकृत तारणी प्रसाद यादव, गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख डा. श्रीराम तिवारी, प्रधानाध्यापक परशुराम यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधी सरला न्यौपाने, जनस्वास्थ्य अधिकृतद्वय हिरेन्द्र प्रसाद साह, जागेश्वर खडका लगायतले पनि पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुनका लागी एचपीभी खोप लागाउन आवश्यक रहेको भन्दै यस अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ