News Category 2081/10/24
पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
प्रधानमन्त्री कप एक दिवसिय पुरूष राष्ट्रिय प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनौट खेलमा लोहजरा ११ ले राजदेबी ११ लाई २ सय १६ रनको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भएको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट सँघको बार्षिक कार्यक्रम अनुसार प्राधनमन्त्री कप जिल्ला छनौटको उद्घाटन खेलमा लोहजरा ११ ले बिजयी सुरूवात गरेको हो ।
बिहिवार बोदेबरसाईन नगरपालिका २ स्थित शत्रुघन माबि नेगडा बैरियाको खेलमैदानमा टस जितेर लोहजराले ३८ ओभरमा १० बिकेटको क्षतिमा ३ सय ५ रनको योगफल खडा गरेको थियो । जवाफमा राजदेबीले १९ ओभर ५ बलमा सबै बिकेट गुमाई ८९ रन मात्र बनाउन सकेका थिए ।
जसमा लोहजराका सचिन्द्र यादब उत्कृष्ट ब्याटिंग गर्दै १० चौका र ५ छक्काको मदतले ८७ रन बनाएका थिए । यसैगरी अर्का खेलाडी पप्पु यादबले पनि उत्कृष्ट खेल्दै ६२ बनाएपछि लोहजराले विशाल योगफल खडा गरेको थियो ।
यता राजदेवीलाई सस्तोमा आउट गर्न लोहजराका अरबिन्द मण्डल ४ बिकेट, मोहम्मद सकिम ३ बिकेट तथा बिक्रम यादब, अभिषेक साह, पप्पु यादब, आदित्य मण्डल १÷१ बिकेट हात पारेका थिए । त्यस्तै राजदेबीका मन्नु दास २० रन, तौसिफ आलम १५, बिजय यादब ११ रन बनाएका थिए भने बलिंग तर्फ राजदेबीका बिजय यादब ४ बिकेट, रितिक यादब ३ बिकेट नितेश यादब २ बिकेट र लालु यादबले १ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच सचिन्द्र यादब घोषित भएका थिए ।
घोषित प्लेयर अफ दि म्याच लाई वडा २ का वडा अध्यक्ष रामप्रसाद राम तथा समाजसेवी तथा शिक्षक जिवानन्द यादबले कप, मेडल पुरस्कार प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ