News Category 2081/11/04
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
बलान विहुल गाउँपालिकाका अध्यक्षले विशेष गाउँसभा गरेर मनपरी ढंगले बजेट निर्धारण गरेको भन्दै उपाध्यक्ष रेणु यादव सहित ४ वडाध्यक्षले त्यसको विरोध गरेका छन् ।
आफुहरुको अधिकार कटौती गर्ने मनसायका साथ अध्यक्ष खेमचन्द्र यादवले विशेष गाउँसभा सम्पन्न गरेको बताउँदै उपाध्यक्ष रेणु सहित ४ जना वडाअध्यक्ष विरोधमा उत्रिएका हुन् ।
कुल ६ वटा वडा रहेको पालिकामा उपाध्यक्ष यादव संगै वडा नम्बर १ का वडाअध्यक्ष राम कुमार यादव, वडा नं २ का वडाअध्यक्ष इन्द्र देव यादव, वडा नं ४ का वडाअध्यक्ष लक्ष्मी नारायण झा, र वडा नं ६ का वडाअध्यक्ष सूर्य कुमार दास विशेष गाउँसभको विरोधमा उत्रिएका छन् ।
गत फागुन २ गते अध्यक्ष यादवले विषेश गाउँसभा बोलाएर आफुहरुले संविधान कानुन बमोजिम पाएको अधिकार कटौती गर्दै मनपरी ढंगले बजेट निर्धारण गरेकोले सो निर्णय बदर गर्नुपर्ने उनीहरुको माग छ ।
आईतबार उपाध्यक्ष रेणु तथा ४ जना वडाअध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरी गत असार १० गतेको गाउँसभाले पारित गरेको बजेट तथा निर्णय कार्यान्वयन नगरिए अध्यक्ष विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
पत्रकार सम्मेलनमा उनीहरुले उपाध्यक्ष र वडाअध्यक्षहरुको अधिकार सुनिश्चित हुनु पर्ने, पछिल्लो फागुन २ गते एकलौटी ढंगले गरिएको विशेष गाउँसभा बदर गरी गत असार महिनामा भएको गाउँसभाको निर्णय कार्यान्वयन हुनु पर्ने उनीहरुको माग छ ।
उनीहरुले न्यायिक समिति, बजेट तथा कार्यक्रम तर्जूमा समिति, राजश्व परार्मश समिति र अनुगमन समितिका संयोजक तथा गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रमुख अधिकारीको रुपमा स्थानीय सरकार संचालन ऐनले नै उपाध्यक्षलाई संवैधानिक अधिकार प्रदान गरेको भन्दै उनको अनुपस्थितीमा एकलौटी ढंगले गरिएको विषेश गाउँसभाको निर्णयहरु कानुनी रुपमा पनि अवैध भएको जनाएका छन् ।
यता गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले विशेष गाउँसभा ऐन कानुन अनुसार नै गरिएको दाबी गर्दै उनले स्थानीय सरकार संचालन ऐनको परिच्छेद ४ को बुँदा नं. १९ मा ब्यवस्था भए बमोजिम विधि प्रक्रियामै टेकेर विशेष गाउँसभा गरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ