News Category 2081/11/07
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
मधेश प्रदेश सरकारले पहिलो पटक सप्तरीको छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।
मधेश प्रदेश गृहसंचार तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा गृहसंचार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् ।
संविधानमा उल्लेखित स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र स्वायत्त इलाका कार्यान्वयनमा सरकार चुकेको बताउदै उनले संघीयता र गणतन्त्रलाई बलियो बनाउन प्रमुख दलहरु जिम्मेवार नभएको उल्लेख गरे ।
“काँग्रेस, एमाले र माओवादी मिलेर बनाएको संविधान कार्यान्वयनमा तीनै दल जिम्मेवार देखिएन” मन्त्री लेखिले भने, “पटक पटक यी तिनै दलले सरकारको नेतृत्व गरे तर, संघीयता बलियो बनाउन पुर्णरुपमा संविधानको कार्यान्वयन गर्न सकेको छैन् ।”
मन्त्री लेखिले संघीयता र समावेशीतालाई बलियो बनाउन संविधान अनुसारको कानुन संघीय सरकारले बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश र स्थानिय सरकारबाट जनताले ठूलै अपेक्षा राखेपनी प्रदेश सरकारसँग त्यो अनुसारको बजेट नहुँदा समस्या भएको बताउँदै उनले भने, “७० प्रतिशत सम्म बजेट संघीय सरकारले राख्ने अनि प्रदेश र स्थानिय सरकारबाट बढी अपेक्षा राख्ने ।”
छिन्नमस्ता गाउँपालिका सप्तरीको सहआयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले आम जनतालाई प्रजातन्त्रको अनुभूति हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।
- छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आमजनताले प्रजातन्त्रको अनुभूती गर्न नसकेको गुनासो गरे । कार्यक्रममा सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरी, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालले व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएको उल्लेख गरे ।
कार्यक्रममा मानव विकास केन्द्र जनकपुरका निर्देशक कुन्दन झाले नेपालमा प्रजातन्त्रको विकासक्रम बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य डा. शीला मिश्रले प्रजातान्त्रिक नेपालमा महिला सशक्तिकरण बारे प्रस्तुती गरेकी थिइन् ।
प्रजातन्त्र दिवसकै अवसरमा मन्त्री लेखी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, पालिका प्रमुखहरुको सहभागितामा छिन्नमस्ता मन्दिर परिसरमा ११ हजार दीप समेत प्रज्जवलन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ