News Category 2081/11/07
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
मधेश प्रदेश सरकारले पहिलो पटक सप्तरीको छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।
मधेश प्रदेश गृहसंचार तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा गृहसंचार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् ।
संविधानमा उल्लेखित स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र स्वायत्त इलाका कार्यान्वयनमा सरकार चुकेको बताउदै उनले संघीयता र गणतन्त्रलाई बलियो बनाउन प्रमुख दलहरु जिम्मेवार नभएको उल्लेख गरे ।
“काँग्रेस, एमाले र माओवादी मिलेर बनाएको संविधान कार्यान्वयनमा तीनै दल जिम्मेवार देखिएन” मन्त्री लेखिले भने, “पटक पटक यी तिनै दलले सरकारको नेतृत्व गरे तर, संघीयता बलियो बनाउन पुर्णरुपमा संविधानको कार्यान्वयन गर्न सकेको छैन् ।”
मन्त्री लेखिले संघीयता र समावेशीतालाई बलियो बनाउन संविधान अनुसारको कानुन संघीय सरकारले बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश र स्थानिय सरकारबाट जनताले ठूलै अपेक्षा राखेपनी प्रदेश सरकारसँग त्यो अनुसारको बजेट नहुँदा समस्या भएको बताउँदै उनले भने, “७० प्रतिशत सम्म बजेट संघीय सरकारले राख्ने अनि प्रदेश र स्थानिय सरकारबाट बढी अपेक्षा राख्ने ।”
छिन्नमस्ता गाउँपालिका सप्तरीको सहआयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले आम जनतालाई प्रजातन्त्रको अनुभूति हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।
- छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आमजनताले प्रजातन्त्रको अनुभूती गर्न नसकेको गुनासो गरे । कार्यक्रममा सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरी, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालले व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएको उल्लेख गरे ।
कार्यक्रममा मानव विकास केन्द्र जनकपुरका निर्देशक कुन्दन झाले नेपालमा प्रजातन्त्रको विकासक्रम बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य डा. शीला मिश्रले प्रजातान्त्रिक नेपालमा महिला सशक्तिकरण बारे प्रस्तुती गरेकी थिइन् ।
प्रजातन्त्र दिवसकै अवसरमा मन्त्री लेखी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, पालिका प्रमुखहरुको सहभागितामा छिन्नमस्ता मन्दिर परिसरमा ११ हजार दीप समेत प्रज्जवलन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ