News Category 2081/11/07
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता, ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
नवीनकुमार गुप्ता
राजविराज, ७ फागुन ।
देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र तथा संघीय गणतन्त्रका लागि लडेका राजनीतिक दल तथा जनप्रतिनिधिहरु नै प्रजातन्त्र दिवस मनाउन उदासिनता देखाएका छन् ।
बि.स. २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणापछि प्रत्येक बर्ष नेपालमा प्रजातन्त्र दिवस मनाईदै आईएको छ । यसै अवसरमा सप्तरी सदरमुकाम राजविराजमा बुधबार बिहान प्रभातफेरी तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरिय समितिको आयोजनामा आयोजित कार्यक्रममा जिल्लाभरबाट मात्र ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको सहभागिता शुन्य देखिएको छ । त्यसबाहेक नागरिक समाजका अगुवा, चारै सुरक्षा समितिका अधिकारीहरु, केही कार्यालय प्रमुखहरु, प्रहरी तथा केही कर्मचारीको मात्र सहभागिताले प्रजातन्त्र दिवसको महत्वलाई धमिलो पारेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, उपसभापति शम्भु यादव, सदस्य सविता साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राजविराज नगरपालिकाका तर्फबाट वडा नं. ७ का सदस्य रामानन्द देव, शम्भुनाथ नगरपालिकाका वडा नं. ४ का अध्यक्ष बिजय साह, नागरिक समाजका थानसिंह भन्साली, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, केही कार्यालय प्रमुख तथा सुरक्षाकर्मी र कर्मचारीको सहभागिता रहेको थियो ।
एकल जहानिया राणा शासनको चंगुलबाट राज्यलाई मुक्त गरि जनताले आफै शासन गर्न ल्याइएको एउटा शासन प्रणाली हो प्रजातन्त्र । प्रजातन्त्र ल्याउन विभिन्न राजनैतिक दलहरुको भूमिका निकै महत्वपूर्ण रहेको छ । तर, अहिले सोही दिवस मनाउन राजनीतिक दलहरु उदासिन रहेकोमा के उनीहरु पनि आफूलाई जहानिया शासककै रुपमा उभ्याउन त खोजिरहेका छैनन् ?
प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाउन सार्वजनिक बिदा दिइएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान २०७२ साल असोज ३ मा जारि भएपछि यसको महत्व अझै बढ्दै जाँदा प्रजातन्त्र दिवसमा यसको महत्व घट्नु दल तथा जनप्रतिनिधिहरुको भूमिका प्रति प्रश्न चिन्ह खडा भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका सभापति शिव नारायण साहले लोकतन्त्र, गणतन्त्र ल्याउन राजनीतिक दलको भूमिका अहम रहेकोमा प्रजातन्त्र दिवस मनाउन उनीहरुले देखाएको उदासिनताप्रति आफूलाई चिन्तित बनाएको बताए । सबै राजनीतिक दललाई दिवस मनाउने बारे खबर गरेकै हौं, उनले भने, “राष्ट्रिय पर्वको अवसरमा राजनीतिक दल तथा जनप्रतिनिधिहरुको अनुपस्थितीले दुखी बनाएको छ ।”
स्वतन्त्रता सेनानी लालदेव यादवले प्रभातफेरी र प्रवचन कार्यक्रममा सहभागिता जनाएर सच्चा देश भक्तको परिचय दिएको उल्लेख गर्दै सभापति साहले भने, “उनी हरेक वर्ष यस दिवसको अवसरमा उपस्थित हुने गरेका छन्, उनी नै सच्चा देशभक्त हुन् ।”
“सम्पूर्ण राजनीतिक दल तथा नगरपालिका÷गाउँपालिकाका प्रमुखहरुलाई पत्राचार गरे पनि राष्ट्रिय पर्वको अवसरमा के कुन कारणले सहभागिता जनाएनन् उहाँहरु नै जानुन्, उनले भने– हाम्रो काम सबैलाई खबर गरि समन्वय गर्ने हो ।”
जिल्ला समन्वय समितका सभापति साहले लोकतन्त्रका लागि पटक–पटक लडेका राजनीतिक दलहरुको प्रजातन्त्र दिवस जस्तो गहन विषयमा उदासिन रहनु उदेक लाग्दो रहेको बताए ।
यसअघि पनि फागुन २ गते प्रजातन्त्र दिवसको तयारी बैठकमा सबै राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई खबर गर्दा मात्र ९ जनाको झिनो उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा बोलाईएको उक्त छलफल बैठकमा १८ वटा पालिका मध्ये रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिका गरि दुई वटा पालिकाका अध्यक्ष तथा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका सचिव देवनाथ यादव गरी कूल ९ जनाको मात्रै उपस्थिति थियो ।
तीन दिन सम्म हर्षौउल्लासका साथ प्रजातन्त्र दिवस मनाउने उद्देश्य राखेर बोलाईएको छलफल बैठकमा सहभागी हुन जिल्ला समन्वय समितिले सबै सरोकारबालालाई पत्राचार गर्दै फोनमार्फत समेत सहभागि हुन अनुरोध गरेको जिल्ला समन्वय अधिकारी कुन्दन कर्णले जानकारी दिए ।
प्रजातन्त्र दिवस मनाउन तीन दिवसिय कार्यक्रम अन्तरगत फागुन ६ गते नगरका धार्मिक तथा सार्वजनिक स्थलहरुको सरसफाई, फागुन ७ गते प्रभातफेरी, प्रवचन र घरघरमा दीपावली तथा फागुन ८ गते रक्तदान, फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण र साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्वय अधिकारी कर्णले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ