News Category 2081/11/13
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
सप्तरीको विष्णुपुर गाउँपालिकाले विद्यार्थीलाई विद्यालय ल्याउन प्रोत्साहन स्वरुप कपी कलम सहयोग उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले मंगलबार वडा नंं ७ स्थित दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पालिको तर्फबाट कपी र डटपेन सहयोग उपलब्ध गराएका हुन् ।
गाउँपालिकाको वडा नंं ७ मा रहेको जनता माध्यमिक विद्यालय इटहरी र आधारभूत विद्यालय विष्णुपुरका २ सय ५ जना अध्ययनरत विद्यार्थीहरुलाई पालिकाको तर्फबाट कपी र डटपेन उपलब्ध गराईएको अध्यक्ष यादवले जानकारी दिए ।
“गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु कपी डटपेनकै अभावमा विद्यालय आउन छाड्ेपछि उनीहरुलाई विद्यालयसम्म ल्याउनका प्रोत्साहन स्वरुप लागि कपी डटपेन उपलब्ध गराएका हौं ।” उनले भने, “विद्यालयहरुको नियमित अनुगमन गर्दा कतिपय विद्यार्थीहरु कपी डटपेन नै नभएर विद्यालय आउन छाड्न थालेपछि पालिकाको तर्फबाट थोरै सहयोग गरेका हौं ।”
उनले जनता मावि इटहरीमा कक्षा ६ देखि १० सम्म र आधारभूत विद्यालय विष्णुपुरमा कक्षा ६ र ७ का २ सय ५ जना छात्रछात्राहरुलाई १ हजार ४ सय ८० थान कपी र ४ सय २४ थान डटपेन उपलब्ध गराएको उनले जानकारी दिए ।
यसरी उनीहरुलाई बेलाबेलामा थोरै शैक्षिक सामग्रीको सहयोग भयो भने विद्यार्थीहरुको मनोवल उच्च हुने र उनीहरु नियमित विद्यालयमा पढ्न आउने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ