News Category 2081/11/14
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
महाशिवरात्रीको अवसरमा बुधबार सप्तरीका शिवालयहरुमा भक्तजनको घुईंचो लागेको छ । विशेष गरि सदमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ मन्दिरमा विहानै देखि घुईचो लागेको हो ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा विहानैदेखि बोलबमको नाराले गुज्यमान बन्यो । २२ किलोमिटर टाढा रहेको सप्तकोशी नदीबाट काँवरमा पवित्र जल बोकेर पैदल यात्रा गरि आएका हजारौं भक्तजनद्वारा लगाइएको बोलबमको नाराले उक्त शिवालय क्षेत्रलाई गुञ्जयमान बनाएको थियो ।
सप्तकोशी नदीबाट जल ल्याएर विहान ५ बजेदेखि ११ बजे सम्मको अवधिमा करिब दुई हजार जति भक्तालुले भगवान शिवलाई जल अर्पण गरेको मन्दिर समितिले जनाएको छ ।
शिवरात्रीका दिन शिवालयमा दुधजल बेलपत्र लगायतका सामग्री अर्पण गर्नु धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएकाले प्रत्येक बर्ष काँवर लिएर आउने भक्तजनको संख्या बढ्दै गएको समितिको भनाई छ ।
उक्त मन्दिरमा आउने दर्शनार्थीहरुका लागि मन्दिर व्यवस्थापन समितिका साथै विश्व हिन्दु युवा परिषद, सामुदायिक सेवा मञ्च र जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्था र कार्यालय मिलेर सुविधा प्रदान गरेका थिए ।
यता महाशिवरात्री कै अवसरमा बुधबार ब्रहमाकुमारी राज्य योग सेवा केन्द्र राजबिराजद्वारा शान्ति यात्रा निकालिएको थियो ।
सेवा केन्द्रको भवनबाट निकालिएको शान्ति यात्रामा मधेश प्रदेश सभासदस्य तथा पूर्व शिक्षा मन्त्री महेश प्रसाद यादवसहितको ब्रह्माकुमारी सेवा केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ