News Category 2081/11/15
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
राजविराज नगरपालिकाका बासिन्दाहरु बिटौरी र ब्लक जग्गाको लालपूर्जा तथा विभिन्न सात बुदे माग राख्दै बिहीबारदेखी सडक संघर्षमा उत्रेका छन् ।
उक्त समस्या समधानको माग गर्दै यसअघि दर्जनौं पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्रीसम्म ज्ञापनपत्र पठाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई चरणबद्ध आन्दोलनको घोषणासहित सडक संघर्षमा उत्रेको संघर्ष समितिले जनाएको छ ।
संघर्ष समितिका संयोजक इर्साद अन्सारीले यसलाई निर्णायक आन्दोलनको संज्ञा दिदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् । उनले बिचौलिया र भू–माफियाको चलखेलका कारण पनि स्थानीय सरकार र प्रशासनदेखी संघीय सरकारसम्म यस विषयमा उदासिन रहेको आरोप लगाए ।
संघर्ष समितिले नगरको करिब ६८ विगहा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार अहिलेसम्म लालपूर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपूर्जा उपलब्ध गराउनु पर्ने प्रमुख माग उठाएका छन् ।
यस्तै राजविराज हटियामा निर्माणाधीन व्यवसायीक कम्प्लेक्सको निर्माण कार्य यथास्रिघ सम्पन्न गरी व्यवसायीलाई हस्तान्तरण, नयाँ बसपार्कको अधुरो निर्माण कार्य अविलम्ब पूरा गरि संचालन, राजरंगशालाको स्तरोन्तरी, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी र राजविराज–कंचनपुर सडक खण्ड निर्माण कार्यमा देखिएको समस्याको समाधान लगायतका मागहरु पनि संघर्ष समितिले अघि सारेका छन् ।
उक्त मागहरु पुरा गराउन दबाब दिने उद्देश्यले स्थानीय शिव मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।
बिरोधसभामा संघर्ष समितिका संयोजक अन्सारी, पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, उद्योग बाणिज्य संघ सप्तरीका पूर्व अध्यक्ष मनोज मुन्धडा, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्याल, समाजसेवी सुवि यादव, काँग्रेसका युवा नेता शम्भुलाल देव, बिरेन्द्र साह, प्रभातकुमार ललन, इन्द्रकुमार देव, अनिल देव, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर लगायतले ज्ञापन पत्र बुझाएको लामो समय बितिसक्दा पनि स्थानीय सरकार र प्रशासन समस्या समाधानका लागि गम्भिर नबनेको र भिडन्त तथा रक्तपातको स्थती सृजना गर्न खोजेको आरोप लगाए ।
पहिलो चरणमा संघर्ष समितिले फागुन १८ गते राजविराज बजार बन्द, फागुन २१ गते नगरका घर तथा पसल पसलमा कालो झण्डा झुण्ड्याउने, फागुन २५ गते राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी, फागुन २८ गते राजविराजस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी तथा चैत ४ देखी गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनशन लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।
यसअघि सप्तरीका सम्पूर्ण राजनीतिक दलहरुको तर्फबाट समेत बिटौरी र ब्लक जग्गामा नगर स्थापना कालदेखी नै बसोवास गर्दै आएका नगरवासीलाई अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमनत्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ