News Category 2081/11/16
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
पुस्तौदेखि विटौरी र ब्लक जग्गामा बसोवास गर्दै आएका राजविराज नगरपालिकाका नागरिकको तर्फबाट गठित संघर्ष समितिले शुक्रवार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोगका लागि आग्रह सहित अनुरोध पत्र बुझाएका छन् ।
जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियानका क्रममा शुक्रवार राजविराज आईपुगेका उनलाई संघर्ष समितिले अनुरोध पत्र बुझाएका हुन् ।
संघर्ष समितिका संयोजक ईरसाद अन्सारीद्धारा बुझाइएको अनुरोध पत्रमा मुलुककै पुरानो मध्येका एक राजविराज नगरपालिकाको स्थापनाकालदेखि नै बसोवास गर्दै आएका ५ हजारभन्दा बढी नागरिकले अझै लालपुर्जा पाउन नसक्दा समस्यामा परेको उल्लेख छ ।
पत्रमा विटौरी रसिदका आधारमा भोगचलन गर्दै आएको उक्त जग्गालाई लालपुर्जा नहुँदा बैंक तथा वित्तिय संस्थाले धितो नराख्ने तथा अन्य विभिन्न वाधा व्यवधान उत्पन्न हुने गरेका कारण नगरवासी पुस्तौदेखि पिडित रहँदै आएको उल्लेख छ । हाल चरणबद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आफ्ना सात बुँदे माग र एक महिने लामो आन्दोलन कार्यक्रमको विवरण सहित बुझाएको अनुरोध पत्रमा आवश्यक पहल र सहयोगका लागि अनुरोध गरिएको छ ।
अनुधरो पत्र बुझ्दै अध्यक्ष प्रचण्डले राजविराज नगरवासीको जायज माग पुरा गराउन आफुले आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ