News Category 2081/11/16
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
पुस्तौदेखि विटौरी र ब्लक जग्गामा बसोवास गर्दै आएका राजविराज नगरपालिकाका नागरिकको तर्फबाट गठित संघर्ष समितिले शुक्रवार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोगका लागि आग्रह सहित अनुरोध पत्र बुझाएका छन् ।
जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियानका क्रममा शुक्रवार राजविराज आईपुगेका उनलाई संघर्ष समितिले अनुरोध पत्र बुझाएका हुन् ।
संघर्ष समितिका संयोजक ईरसाद अन्सारीद्धारा बुझाइएको अनुरोध पत्रमा मुलुककै पुरानो मध्येका एक राजविराज नगरपालिकाको स्थापनाकालदेखि नै बसोवास गर्दै आएका ५ हजारभन्दा बढी नागरिकले अझै लालपुर्जा पाउन नसक्दा समस्यामा परेको उल्लेख छ ।
पत्रमा विटौरी रसिदका आधारमा भोगचलन गर्दै आएको उक्त जग्गालाई लालपुर्जा नहुँदा बैंक तथा वित्तिय संस्थाले धितो नराख्ने तथा अन्य विभिन्न वाधा व्यवधान उत्पन्न हुने गरेका कारण नगरवासी पुस्तौदेखि पिडित रहँदै आएको उल्लेख छ । हाल चरणबद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आफ्ना सात बुँदे माग र एक महिने लामो आन्दोलन कार्यक्रमको विवरण सहित बुझाएको अनुरोध पत्रमा आवश्यक पहल र सहयोगका लागि अनुरोध गरिएको छ ।
अनुधरो पत्र बुझ्दै अध्यक्ष प्रचण्डले राजविराज नगरवासीको जायज माग पुरा गराउन आफुले आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ