News Category 2081/11/18
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज नगरवासी आईतवार संघर्ष समितिको आह्वानमा बजार बन्द गरी सडक संघर्षमा उत्रेका छन ।
पुस्तौ देखी बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगर पालिकाका वासिन्दाहरु उक्त समस्या समाधानको माग गर्दै यस अघि दर्जनौ पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्रीसम्म ज्ञापन पत्र पठाइ ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएका भन्दै बाध्य भइ चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणासहित सडक संर्घषमा उत्रेको संघर्ष समितिले जनाएको छ ।
पूर्वघोषित कार्यक्रम अनुसार नगरवासीद्वारा गठित संर्घष समितिका संयोजक ईरसाद अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उधोग बाणिज्य संघ सप्तरीका माहासचिव अमृत संचेती, राष्ट्रिय मुक्ती पार्टीका केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल, जिल्ला इन्र्चाज दिपेन्द्र चौधरी, नेपाली काँग्रेसका युवा नेता शम्भुलाल देव, प्रभात ललन, अनिल देव, लोसपाका नेता राम अशिष प्रसाद साह लगायतको अगुवाईमा सयौंको संख्यामा निस्केको जुलुस प्रर्दशन सहित बजार बन्दको आह्वान गर्दै सडकमा निस्केका थिए ।
बन्द आह्वानकर्ताले राजविराजको अन्य समस्या पनि समाधानको माग गरेका छन । राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्प्लेक्स अविलम्व पुरा गरी व्यवसायीलाई हस्तान्तरण, साकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नती लगायत माग पनि उनीहरुले अघि सारेका छन ।
बजार बन्द गरी बीच सडक मै बेन्चले घेरेर टायर बाल्न खोज्दा केही बेर प्रदेशनकारी र प्रहरी बीच घम्साघम्सी चलेको थियो । सो क्रममा प्रहरीको लाठी लागेर प्रर्दशनकारी एवं राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्र्चाज दिपेन्द्र चौधरीको हातमा चोट लागेको छ ।
प्रहरीले टायर बाल्न अवरोध गरेपछि प्रतिवाद गर्दा तीन जना प्रर्दशनकारीलाई चोटपटक लागेको संघर्ष समितिका संयोजक इरसाद अन्सारीले जानकारी दिए । उनले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी मुठभेड निम्त्याउन खोजेको तर आफुहरुले संयमता देखाउँदा ठुलै अप्रिय घटना हुन नपाएको बताए ।
संघर्ष समितिले नगरको करिब ६८ विगहा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौ देखी वसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार अहिले सम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्व लालपुर्जा उपलब्ध गराउनु पर्ने प्रमुख माग उठाएका छन ।
पहिलो चरणमा संघर्ष समितिले फागुन १८ गते राजविराज बजार बन्द, फागुन २१ गते नगरमा कालो झण्डा झुण्ड्याउने, फागुन २५ गते राजविराजस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी तथा चैत ४ गतेदेखी स्थानीय गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनसन लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ