News Category 2081/11/18
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज नगरवासी आईतवार संघर्ष समितिको आह्वानमा बजार बन्द गरी सडक संघर्षमा उत्रेका छन ।
पुस्तौ देखी बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगर पालिकाका वासिन्दाहरु उक्त समस्या समाधानको माग गर्दै यस अघि दर्जनौ पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्रीसम्म ज्ञापन पत्र पठाइ ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएका भन्दै बाध्य भइ चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणासहित सडक संर्घषमा उत्रेको संघर्ष समितिले जनाएको छ ।
पूर्वघोषित कार्यक्रम अनुसार नगरवासीद्वारा गठित संर्घष समितिका संयोजक ईरसाद अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उधोग बाणिज्य संघ सप्तरीका माहासचिव अमृत संचेती, राष्ट्रिय मुक्ती पार्टीका केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल, जिल्ला इन्र्चाज दिपेन्द्र चौधरी, नेपाली काँग्रेसका युवा नेता शम्भुलाल देव, प्रभात ललन, अनिल देव, लोसपाका नेता राम अशिष प्रसाद साह लगायतको अगुवाईमा सयौंको संख्यामा निस्केको जुलुस प्रर्दशन सहित बजार बन्दको आह्वान गर्दै सडकमा निस्केका थिए ।
बन्द आह्वानकर्ताले राजविराजको अन्य समस्या पनि समाधानको माग गरेका छन । राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्प्लेक्स अविलम्व पुरा गरी व्यवसायीलाई हस्तान्तरण, साकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नती लगायत माग पनि उनीहरुले अघि सारेका छन ।
बजार बन्द गरी बीच सडक मै बेन्चले घेरेर टायर बाल्न खोज्दा केही बेर प्रदेशनकारी र प्रहरी बीच घम्साघम्सी चलेको थियो । सो क्रममा प्रहरीको लाठी लागेर प्रर्दशनकारी एवं राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्र्चाज दिपेन्द्र चौधरीको हातमा चोट लागेको छ ।
प्रहरीले टायर बाल्न अवरोध गरेपछि प्रतिवाद गर्दा तीन जना प्रर्दशनकारीलाई चोटपटक लागेको संघर्ष समितिका संयोजक इरसाद अन्सारीले जानकारी दिए । उनले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी मुठभेड निम्त्याउन खोजेको तर आफुहरुले संयमता देखाउँदा ठुलै अप्रिय घटना हुन नपाएको बताए ।
संघर्ष समितिले नगरको करिब ६८ विगहा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौ देखी वसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार अहिले सम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्व लालपुर्जा उपलब्ध गराउनु पर्ने प्रमुख माग उठाएका छन ।
पहिलो चरणमा संघर्ष समितिले फागुन १८ गते राजविराज बजार बन्द, फागुन २१ गते नगरमा कालो झण्डा झुण्ड्याउने, फागुन २५ गते राजविराजस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी तथा चैत ४ गतेदेखी स्थानीय गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनसन लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ