News Category 2081/11/19
लागु औषधसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरी प्रहरीले लागुऔषधसहित जिल्लाको दुई स्थानबाट तीन युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिका १ स्थित प्रहरी चौकी मौवाबाट खटिएको प्रहरी गस्ती टोलीले उदयपुरको त्रियुगा ९ वस्ने २१ वर्षिय चुडामणी राय माझी र २० वर्षका सुमन परियारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको शरीर खानतलासी गर्दा कालो रंगको तीनवटा प्लाष्टिकको पोकाहरु र लागुऔषध निट्राभेट–१० एक पत्ता १४ पिस ट्याब्लेट, फेनारगन इन्जेक्शन २ एमएलको ९७ एम्पुल, बुप्रेनोरफाइन इन्जेक्शन २ एमएल को ९७ एम्पुल, डाइजापाम इन्जेक्शन २ एमएलको ९७ एम्पुल बरामद भएको हो ।
यस्तै प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिका ४ कदमाहामा एक पैदल यात्रीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ बगाहा टोल बस्ने २३ वर्षका सागर मगर छन् ।
पक्राउ परेका मगरका साथबाट फेनारगन इन्जेक्शन २ एमएलको ११ एम्पुल, बुप्रेनोरफाइन इन्जेक्शन २ एमएलको ११ एम्पुल, डाइजापाम इन्जेक्शन २ एमएलको ११ एम्पुल बरामद भएको हो ।
बरामद भएको लागुऔषध र पक्राउ परेका तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय कडरवोनाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ