News Category 2081/11/19
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित ठूलो परिमाणमा अवैध मालसामान बरामद
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरी प्रहरीले राजविराजस्थित एक गोदाममा छापा मारेर ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजासहित अवैध मालसामान बरामद गरेको छ ।
प्रतिबन्धित लागु औषध गाँजा तथा अवैध मालसामान एक ट्रकबाट अर्को ट्रकमा लोड भइरहेको तथा केही मालसामान नजिकै रहेको गोदाममा भण्डारण गरि राखिएको गोप्य सुचनाका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको पुगेको प्रहरी टोलीले राजविराज ९ मलेठस्थित एक गोदाममा छापा मारेर ठूलो परिमाणमा गाँजा र अवैध मालसामान नियन्त्रणमा लिएको हो ।
बरामद सामानहरुमा करिब २४ क्विन्टल गाँजा, १ सय ४२ कार्टूृन स्याउ, कपडा, चिनी, सुर्ती, सेनिटरी प्याड लगायतका सरसामान छन् ।
बरामद गरिएको सामानको सम्पुर्ण तौल र मूल्य प्रविधिक मार्फत यकिन गर्ने काम भइरहेकाले सो बारे सम्पुर्ण विवरण दिन केही समय लाग्ने प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
उक्त गोदाम घर कसैले भाडामा लिइ तस्करीको मालसामान र प्रतिबन्धित लागु औषध गाजा भण्डारण गर्ने गरेको र मौका हेरी तस्करी गर्ने गरेको चर्चा रहेको छ । यद्दपी प्रहरीले अनुसन्धान जारी रहेकाले गोदाम घरधनी तथा भाडामा लिने ब्यक्ती बारे अनुसन्धान पुरा भएपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
अनुसन्धानको क्रममा प्रहरीले गोदाम भित्र राखिएका कार र स्कारपीयो तथा गोदाम बाहिर मालसामान लोड अनलोड गरिरहेका २ वटा ट्रक गरी ४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ