News Category 2081/11/21
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरी जिल्लामा संगठित अपराध मौलाउँदै जाँदा सुरक्षा अवस्था सुदृढ हुन नसकेको तथा ठूलो मात्रामा गाजा बरामद भएको घटनाप्रति गम्भिर हुन भन्दै युथ नेपाल सप्तरीले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हालै मात्र राजविराजस्थित एक गोदामबाट लागुऔषध गाँजा ठूलो मात्रामा फेला परेको घटनापछि प्रभावकारी अनुसन्धान, सुरक्षा सुधार तथा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।
बुझाएको ज्ञापनपत्रमा सुरक्षा संयन्त्रलाई सुधार गर्दै समाजलाई लागुऔषधको चपेटाबाट बचाउनका लागि प्रभावकारी नीति तथा योजनाहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने जोड दिइएको छ ।
उक्त माग सम्बोधनमा प्रशासनले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने सप्तरी युथ नेपालद्वारा बुझाइएको ज्ञापनपत्रमा चेतावनी समेत दिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले ज्ञापन पत्र बुझ्दै यस घटनाको निष्पक्ष छानबिन भइरहेको र संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै सीमा सुरक्षामा कडाइ गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा रणनीति पुनरावलोकन गर्ने आश्वासन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ