News Category 2081/11/22
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
विज्ञप्तिमा उनले “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो ।” उल्लेख छ ।
यसबीचमा भावी आन्दोलनका लागि वडा वडामा संघर्ष समितिको गठनको काम भइरहेको जानकारीका साथ विज्ञप्तिमा हालसम्म प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद दिइएको छ ।
गत फागुन १८ गते आन्दोलन चर्किदै जाँदा राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १५ दिनभित्र बिटौरी तथा ब्लक जग्गा लगायतका समस्या समाधानका लागि काम गर्ने भन्दै ९ सदस्यीय समिति गठन गरि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो ।
२०१६ सालमै नगरपालिका घोषणा भएको राजविराज नगरको ६८ विगहा क्षेत्रफलमा बसोवास गर्दै आएका ५ हजार २ सय ३३ परिवार हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । यसैब विषयलाई लिएर नगरवासीले संघर्ष समिति नै गठन गरि चरणबद्ध आन्दोलन थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ