News Category 2081/11/23
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र पक्राउ परेका चौकीदार सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
राजविराजस्थित एक गोदामबाट ठूलो परिमाणमा बरामद प्रतिबन्धित लागु औषध गाजा र पक्राउ परेका चौकीदारलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि गाजा र चौकीदारलाई सार्वजनिक गरिएको हो ।
पक्राउ परेका चौकीदार ६६ वर्षिय रामनारायण यादव भारत बिहार राज्यको मधुवनी जिल्लाको कुलदौरा ग्रामपंचायत वडा नं. १० छातापुर टोलका बासिन्दा हुन् ।
प्रहरीले उक्त गोदामबाट ८० वडा प्लास्टिकको प्याकेटभित्र राखिएको २ हजार ४ सय ५१ किलो गाजा, कपडा, सेनिटरी प्याड, चिनी, सूर्ती, हार्डवेयर लगायतका सरसामान बरामद गरेको थियो ।
यस्तै गोदाम बाहिर एक ट्रकबाट अर्को ट्रकमा लोड भइरहेको ४२ लाख मुल्य बराबरको १ सय ४२ कार्टुन स्याउ समेत नियन्त्रणमा लिई दुबै ट्रक र चालकसहित राजविराज भन्सार कार्यालय चलान गरिएको थियो ।
गोदाम घरमा प्रतिबन्धित लागु औषध गाजा तथा अन्य अवैध मालसामान राखिएको गोप्य सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको सुरक्षानिकायका प्रमुखसहितको टोलीले छापा मारेको थियो ।
सोही पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजविराज ९ मलेठस्थित रहेको गोदामको जग्गा राजनारायण साहको नाममा रहेको बताए । उक्त गोदाम कसैले भाडामा लिई तस्करी धन्दा चलाउने गरेको जानकारी आएपनि यसबारे अनुसन्धनपछी मात्र सत्यतथ्य सार्वजनिक गरिने उनले बताए । श्रोतका अनुसार उक्त गोदाम राजविराजका रोशन भनिने राजेश कुमार यादवले भाडामा लिएका थिए । पक्राउ परेका चौकीदार रोशनका बुढा ससुरा हुन् ।
प्रहरीले गोदाम भाडामा लिइएको भनिएका रोशनको खोजि कार्य भइरहेको तथा जग्गाधनी साहसँग समेत गोदाम भाडा लगायतका विषयमा सोधपुछ गरि अनुसन्धान अघि बढाइने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ