News Category 2081/11/25
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला
राजविराज÷सप्तरीको १८ वटा पालिका मध्ये तीन नगरपालिका अहिले महिला नै प्रमुख भएर चलाइरहेकी छिन् । जसमध्ये दुई नगरपालिकामा कार्यवाहक र एकमा निर्वाचित महिला नै प्रमुख भएर चलाइरहेकी छिन् ।
ती मध्ये सुरुङ्गा नगरपालिकाकी प्रमुख गिता चौधरी तथा राजविराज नगरपालिकामा इसरत परवीन र शम्भुनाथ नगरपालिकामा अनिता कुमारी चौधरीले हाल कार्यवाहक प्रमुखको रुपमा नगरपालिका चलाइरहेकी छिन् ।
गिता चौधरी नेपाली काँग्रेसबाट निर्वाचित प्रमुख हुन् भने इसरत परवीन जसपा नेपाल र अनिता चौधरी नेकपा एकिकृत समाजवादीबाट उपप्रमुखमा चुनाव जितेकी हुन् ।
राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव तथा शम्भुनाथ नगरपालिकाका जितेन्द्र प्रसाद गुप्ता अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछि ती दुवै पालिकाका उपप्रमुख अहिले कार्यवाहक प्रमुख भएर पालिकाको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।
यसरी नगर हाँक्ने नेतृत्वको अवसर पाएकी तीनवटै नगरप्रमुखले घर व्यवहारसंगै नगर विकास निर्माण कार्यमा खरो उत्रने गरि काम गरिरहेको बताउछिन् ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन भन्छिन, “नगरपालिकाको अवस्था दयनिय रहँदा र विकास निर्माणको कामले गति लिन नसकेका बेला आफूले कार्यभार सम्हालेको र विस्तारै विस्तारै अवस्थामा सुधार आउन थालेको छ ।” उनी भन्छिन्, “कसै–कसैबाट विभिन्न भ्रामक हल्ला फिजाएर आफ्नो मनोवल घटाउने प्रयास भएपनि सुशासन र पारदर्शिता वृद्धिका लागि थालेको प्रयासमा कुनै कमी आउने छैन् ।”
बर्षौदेखि अतिक्रमणको चपेटामा रहको नगर क्षेत्रका अधिकांश अतिक्रमित जग्गा खाली गराउन सफल भएको भन्दै उनले यसले निकै आत्म संतुष्टि मिलेको समेत सुनाएकी छिन् ।
सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीले यसपालिकाको विकासमा आफूलाई सबै जनप्रतिनिधिको साथ र सहयोग रहेकाले काम गर्न सहज भएको प्रतिक्रिया दिएकी छिन् । उनले विकास निर्माण संगै महिला सशक्तिकरणका लागि समेत आफूले विभिन्न योजना कार्यान्वयमा ल्याएको जानकारी दिईन् । मधेश प्रदेशमै सुरुङ्गा नगरपालिकालाई पहिलो बालविवाह मुक्त पालिका घोषणा गर्न सफल भएको भन्दै उनले यसले आफूलाई थप हौसला मिलेको बताईन् ।
शम्भुनाथ नगरपालिकाको कार्यवाहक नगरप्रमुख अनिता चौधरी जिम्मेवारीले दैनिकी बदलिएको भएपनि प्रमुखको भूमिका कुशलतापुर्वक निर्वाह गरिरहेको बताएकी छिन् ।
सप्तरीको १८ पालिका मध्ये गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले सर्वाधिक पाँच पालिकामा प्रमुख पदमा जित हासिल गरेको थियो । यस्तै जसपा, लोसपा र नेकपा एमालेले तीन–तीन, जनमतले दुई तथा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एक–एक प्रमुख पदमा जित निकालेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ