News Category 2081/11/25

लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ

दैनिक समाचारदाता

लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ

दैनिक समाचारदाता
राजविराज, २५ फागुन । 

    लेनदेन बिगो मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
    सप्तरीको खडक नगरपालिका ५ की ४० वर्षिया सतिदेवी थरुनीलाई प्रहरीले पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार थरुनीलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा ६ महिना कैद सजाय तोकेपछी फरार थिइन् ।
    आइतबार उनलाई गाउँघरमै लुकी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले जानकारी दिए ।
    पक्राउ परेका उनलाई आइतबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट