News Category 2081/11/26
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा आइतबार राती भिषण आगलागि भएको छ ।
स्थानीय नयनी यादवको घर नजिक बालेको परालको घुरबाट सल्केको आगोले नयनीको दुई घरसहित चार जनाको घर जलेर नष्ट हुँदा करिब ३३ लाख ७० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागिमा ७ तोला सुन र २ किलो चाँदी र चार वटा चौपाय समेत जलेर मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार आगलागिमा नयनि यादव, गोकर्ण मुखिया र लखन मुखियाको घर जलेर नष्ट भएको हो ।
नयनीको घरसहित खाद्यान, लत्ताकपडा, भाडा वर्तन सुन चाँदी लगायत गरि ११ लाख ३३ हजार, गोकर्ण मुखियाको घरसहित खाद्यान, लत्ताकपडा, भाडा वर्तन सुन चाँदी, चौपाया लगायत गरि २० लाख ३५ हजार र लखन मुखियाको खाद्यान, लत्ताकपडा, भाडा वर्तन, चौपाया लगायत गरि २ लाख २ हजार गरि ३३ लाख ७० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तिलाठी, सस्शत्र प्रहरी, राजविराज र हनुमाननगर कंकालिनिको बारुणयन्त्र तथा स्थानियबासिको सहयोगमा दुई घण्टा पश्चात् आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ