News Category 2081/11/27
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने दिन राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको सभापति पदमा सात जनाको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट दुई–दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
नेपाल विद्यार्थी संघबाट नितिश कुमार यादव र ओम शंकर साह तथा समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट रन्जित कुमार यादव र विनयकुमार यादवले छुट्टाछुट्टै मनोनय दर्ता गराएको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिए ।
यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुबाट मनिषा कुमारी साह, जनमत पार्टी निकट विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट राकेश कुमार यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यादवले जनाए ।
विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको छुट्टाछुट्टै प्यानलले उक्त मनोनयन दर्ता गराएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ