News Category 2081/11/27
वेवारिसे फेला परेको बाछोको राजविराज नगरपालिकाले ग¥यो उपचार
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित कर्मचारी मिलन केन्द्रको कम्पाउण्डमा बिरामी अवस्थामा मंगलबार बिहान फेला परेको एक बाछोको उपचार गरिएको छ ।
राजविराज वडा नं. ७ का वडासदस्य रमानन्द देवका अनुसार मंगलबार बिहान एक स्थानीयले फोन गरेर केन्द्रको कम्पाउण्डमा बाछो मरेको भनेर जानकारी गराएका थिए । वडा सदस्य देवसहित नगरपालिकाका केही सरसफाई कर्मचारी त्यहा पुग्दा मरेको भनिएको बाछो बिरामी अवस्थामा जिवितै भेटाएका थिए । उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहलाई उक्त घटना बारे जानकारी गराएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत डा. साहले बिरामी अवस्थामा रहेको बाछोको उपचारका लागि तत्कालै पशु शाखाका डा. महेन्द्र यादवलाई खबर गरि बाछोको उपचारका लागि पशु चिकित्सक पठाइदिन आग्रह गरे । सो आग्रहपछी पशु शाखाका डा. यादवसहितको टोलीले बाछोको उपचार गरिएको वडासदस्य देवले जानकारी दिए । हाल बाछोलाई उपचार पश्चात् सोही स्थानमा राखिएको छ ।
यता वेवारिसे अवस्थामा भेटिएको बिरामी बाछो धनीको खोजकार्य भइरहेको राजविराज नगरपालिकाका सरसफाई शाखाका इन्चार्ज ज्योतिष यादवले बताए । उनका अनुसार नगरपालिकाको सडकमा छाडा रुपमा छोडिने पशु चौपायाप्रति नगरपालिकाले कारवाही गर्ने गरेको बताए ।
केही दिनयता राजविराज नगरपालिकाले छाडा पशुचौपाय नियन्त्रण गरि पशुधनीलाई जरिवाना तिराउने कार्य गरिरहेकोले सोही डरले पनि बाछो धनी सम्पर्कमा आउन नचाहेको हुन सक्ने स्थानीय तरकारी व्यवसायीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ