News Category 2081/11/27
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले होली पर्व सुरक्षित बनाउन ५ सय २३ सुरक्षाकर्मीसहित ड्रोन र सिसी क्यामराबाट निगरानी गर्ने जानकारी दिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा होलीको शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले यस्तो जानकारी गराएका हुन् ।
होलीमा जबरजस्ती रंग हाल्ने, लोला हान्ने, मदिरा सेवन गरि सवारीसाधन चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने लगायतका गतिविधी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने उनले बताए । यसका अतिरिक्त खुल्ला रुपमा मद्यपान, ध्रुमपान जस्ता बिकृतीपूर्ण कार्य गर्नेलाई समेत पक्राउ गरि कानुनमा व्यवस्था भए बमोजिमको कारवाही गरिने उनको भनाई छ ।
होली पर्वका दिन नगर क्षेत्रमा ८४ वटा सीसी टिभि क्यामरा तथा दुई वडा ड्रोन क्यामरामार्फत समेत निगरानी गरिने उनले जानकारी दिए । मर्यादित रुपमा होली मनाउन जिल्लाका सबै वडा एरियामा जिंगल तथा माइकिङ मार्फत सबैसँग अनुरोध गरिने बताएका उनले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित र व्यवस्थित बनाउन ५ सय २३ प्रहरी परिचालन हुने उनले जनाए ।
शान्त र मर्यादित भएर होली मनाउने वातावरणका लागि होली पर्व लक्षित विशेष सुरक्षा योजनामा छड्के चेकिङ, कमान्ड पोष्ट, गाडी मोवाइल, मोटरसाइकल गस्ती, ट्राफिकसहितको चेक प्वान्ट, पैदल गस्ती लगायतका सुरक्षा रणनीति समेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो अवसरमा प्रहरी उपरिक्षक खतिवडा तथा संचारकर्मीहरु एक आपसमा रंग, अबिर लगाएर होलीको शुभकामना साटासाट गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ