News Category 2081/12/04
स्ववियु सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
आज चैत ५ गते (मंगलबार) हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि पाँच जनाले प्रतिष्पर्धा गर्दैछन् ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिश कुमार यादव प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।
यसैगरि समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजित कुमार यादव प्यानल सहित उम्मेदवारी दिएका छन् ।
यस्तै विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव सभापति पदमा तथा अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह सभापति पदमा प्यानल सहित चुनावी प्रतिस्पर्धामा छ्न् ।
त्यस्तै विनय कुमार यादव (बालेन) पनि सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सभापति पदका पाँचै जना उम्मेदवार सबै उम्मेदवारले विद्यार्थीको हकहित अधिकार तथा क्याम्पसमा देखिएको शैक्षिक समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
कूल ३ हजार १२ मतदाता रहेको र सभापति सहित प्रत्यक्ष तर्फ १० र समानुपाति तर्फ ९ गरी कूल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिए ।
यसैबीच निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत यादवले जानकारी दिएका छन् ।
सहज रुपमा मतदान सम्पन्न गराउन मविव क्याम्पस राजविरामा ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ रहने निर्वाचन अधिकृत यादवले बताए । उनले निर्वाचनमा ५० जना कर्मचारी खटाईएको समेत जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ