News Category 2081/12/04
एकै ब्यक्तीको एक दिनको फरकमा दुई किसिमको स्वास्थ्य रिर्पाेट

दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
एकै व्यक्तिको स्वास्थ्य रिपोर्ट एक दिनको फरकमा दुई किसिमको आएपछि प्रयोगशालाप्रति प्रश्न चिन्ह खडा भएको छ ।
प्रयोगशाला पिच्छे फरक–फरक रिर्पाेट आउनाले विरामी र चिकित्सक समेतलाई अफ्ठ्यारोमा पारेको छ । कुन रिर्पाेटको आधारमा बिरामीका लागि औषधी लेख्ने बारे समेत समस्या परेको छ ।
पत्रकारिता पेशामा रहेका सप्तरीको रुपनी गाउँपालिका ४ निवासी ४९ वर्षिय विनयकुमार लाल कर्णको यस्तो रिपोर्ट आएको हो । उनी नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष समेत हुन ।
गत फागुन २७ गते स्वास्थ्यमा समस्या भएपछि उनी राजविराजस्थित स्थानीय गजेन्द्र नारायण सिह अस्पताल परिसरमा संचालनमा रहेको प्रयोगशालमा रगत जचाएका थिए । रगत जचाउदा रिर्पोटमा खाली पेट १ सय ७२ र खाना खाएपछि रगतमा चीनी (सुगर) को मात्रा १ सय ५३ देखाइएको थियो ।
विगतमा कहिले सुगरको मात्रा नबढेको तर रिर्पाेटमा मात्रा बढेको देखिएपछि उनलाई रिर्पाेटमाथी नै शंका लागी भोली पल्टै फागुन २८ गते विहान पुनः रगत जाँचका लागी विराटनगर पुगे ।
विराटनगरको इन्डोक्राइन क्लिनिकमा पुनः जाँच गराउँदा खाली पेटमा ९६ र खाना खाएपछि रगतमा चिनी (सुगर) को मात्रा १ सय २९ को रिर्पोट आयो । त्यस पछि चकित परेका उनी दुबै रिर्पाेट लिएर चिकित्सक कहाँ पुगे । चिकित्सकले विराटनगर कै रिर्पाेटलाई मान्यता दिदै औषधी चलाएपछी आफ्नो स्वास्थ्यमा सुधार भएको कर्ण बताउँछन ।
रिर्पाेट कै आधारमा डाक्टरले औषधी लेख्ने भएको हुँदा ल्याब पिच्छे फरक रिर्पाेट आउनुले आफु मात्र नभई केही बेर चिकित्सक समेत अलमलमा परेको र अन्त्यमा सोच विचार गरी विराटनगर कै रिर्पाेटलाई आधार बनाएर औषधी दिएको कर्णले सुनाए ।
उनले दुबै प्रयोगशालाबाट फरक फरक रिर्पाेट आउँदा विरामी र चिकित्सकलाई अलमलमा पार्नुका साथै कसको रिर्पाेट ठिक मान्ने ? भन्ने गम्भिर प्रश्न उठेको समेत बताए । उक्त दुबै प्रयोगशालाका स्वास्थ्यकर्मीले भने आ–आफ्नो रिर्पाेट नै ठिक रहेको दाबी गरिरहेका छन ।
यसरी एउटा रिर्पाेटमा चिनीको मात्रा कम र अर्काेमा बढी हुनुलाई सामान्य फरक भन्न नमिल्ने बताउँदै पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले त्यस्ता ल्याब र क्लिनिकहरुमा पनि कडाइका साथ सम्बन्धित निकायद्वारा अनुगमन गरिनु पर्ने माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ