News Category 2081/12/05
राजविराजमा राजावादीको प्रर्दशन
दैनिक समाचारदाता
रावजविराज, ५ चैत ।
राजविराजमा मंगलबार राजावादीहरुले शक्ती प्रर्दशन गरेका छन् । “राजा आउ देश बचाउ” नारा लेखिएको ब्यानर फहराउदै उनीहरुले शक्ति प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजसंस्था पुनः स्थापना, हिन्दु राष्ट्र घोषणा, प्रदेश संरचना खारेजी लगायतका माग तथा नाराबाजी समेत गर्दै प्रर्दशन गरेका थिए ।
प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता÷कार्यकर्ताका साथै स्थानीयको उल्लेख्य सहभागीता थियो । स्थानीय मलेठ चौकबाट निकालिएको जुलृुश नगर परिक्रमा गर्र्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साह, केन्द्रीय सदस्य जया महतो, राप्रपाका स्थानीय नेता सुरेन्द्र साह सुरेश, नविन मण्डल, कुपानन्द झा लगायतले सम्बोधन गर्दै संघियता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरी २०४७ को संविधान लागु गर्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले देशमा राजसंस्था र हिन्दु धर्मको पक्षमा माहौल बनिसकेको भन्दै अब यसलाई कुनै पनि शक्तीले रोक्न नसक्ने दाबी समेत गरे ।
राजावादीको उक्त प्रर्दशनमा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखी सर्वसाधारण समेतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ