News Category 2081/12/05
स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न, ४६.५७ प्रतिशत मतदान
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मंगलवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
कुल २ हजार ७ सय ३१ मतदाता मध्ये १ हजार २ सय ७२ जनाले मतदान गरेकोे निर्वाचन संयोजक नन्दकिशोर यादवले जानकारी दिएका छन् । जुन कुल मतदाताको ४६.५७ प्रतिशत हो ।
मतदान अपरान्ह ४ बजे सम्म चलेको थियो । निर्वाचन प्रक्रियालाई मर्यादित र शान्तिपुर्ण बनाउन क्याम्पस प्रशासनका साथै प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशी, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सुरेन्द्र कोइराला, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेना लगायतले अनुगमन गरेका थिए ।
यस्तै मतदान स्थल सुरक्षाका लागी प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतको कमाण्डमा १ सय १५ नेपाल प्रहरी तथा ठुलो संख्यामा सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो ।
अध्यक्षसहित प्रत्यक्षतर्फ १० र समानुपाति तर्फ ९ गरी कूल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत यादवले जानकारी दिए । सहज रुपमा मतदान सम्पन्न गराउन ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ कायम गरिएको थियो ।
निर्वाचनमा मानविकी तर्फ तेश्रो वर्षका विद्यार्थी रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ६७ वर्षिय निर्भयकान्त झा र शारिरीक रुपमा अशक्त रहेकी सप्तरीको राजगढ गाउपालिकाकी २६ वर्षिया विभा कुमारी मण्डलले पनि मतदान गरेको निर्वाचन समितीका संयोजक यादवले जानकारी दिए । ६७ वर्षिय झा आफै हिडेर आएका थिए भने मण्डल ह्विल चेयर चढेर मतदान स्थल पुगेकी थिइन ।
सुरक्षा ब्यवस्था कडा पारिएकाले कुनै अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ । मतगणना कार्य मंगलबार रातीदेखी नै सुरु हुने निर्वाचन संयोजक यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ