News Category 2081/12/06
मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा रंजित कुमार यादव दोहोरिएका छन् ।
स्वतन्त्र उम्मेदवार विनय कुमार यादव (बालेन) लाई ६१ मतले पराजित गर्दै रंजित अध्यक्ष पदमा दोहोरिएका हुन् । अघिल्लो स्ववियुको निर्वाचनमा पनि समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट उम्मेदवार रहेका रंजित यादव नै अध्यक्ष पद जितेका थिए ।
उनी समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (क्रान्तिकारी) गठबन्धनका साझा उम्मेदवार थिए ।
अघिल्लो दिन मंगलबार राती ९ बजे देखि शुरु भएको मतगणनाको प्रत्यक्षतर्फ पदाधिकारीहरुको अन्तिम परिणाम बुधवार विहान सार्वजनिक भएको हो ।
जसअनुसार अध्यक्ष पदमा रंजितले ३ सय ९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विनय कुमार यादवले ३ सय ३२ मत प्राप्त गरे ।
अनेरास्ववियु र अशोकराई नेतृत्वको जसपा निकट समाजवादी विद्यार्थी युनियन गठबन्धनकी उम्मेदवार मनिषा कुमारी साह ३ सय ३१ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन् ।
नेवि संघ र लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धनका अध्यक्ष पदका उम्मेदवार नितिश कुमार यादव १ सय २ तथा जनमत विद्यार्थी संघका अध्यक्ष पदका उम्मेदवार त्रिवेणी कुमार यादवले ८२ मत प्राप्त गरे ।
त्यस्तै सचिव पदमा ३ सय ९५ मत ल्याई समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारी गठबन्धनकै मुकेश कुमार साह र सर्वाधिक ४ सय १० मत ल्याई कोषाध्यक्ष पदमा कंचन कुमारी ठाकुर निर्वाचित भएकी छिन् ।
सात सदस्य पदका लागि भएको निर्वाचनमा समाजवादी विद्यार्थी युनियन नेपालका भुपेन कुमार राय, सिताकुमारी मंडल, पुजा कुमारी गुप्ता, अखिल क्रान्तिकारीका कन्चन कुमारी ठाकुर, जयकृष्ण कुमार यादव तथा अनेरास्ववियुका मनिता कुमारी यादव, प्रियंका चौधरी र राहुल देव मंडल निर्वाचित भएको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिएका छन् । कूल २ हजार ७ सय ३१ मतदाता रहेको स्ववियु निर्वाचनमा १ हजार २ सय ७२ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ