News Category 2081/12/07
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा ३ सय १२ परीक्षार्थी अनुपस्थित
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बिहीबार सप्तरीमा ३ सय १२ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षा भने शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।
जिल्लाको ३७ वटा परीक्षा केन्द्रमा संचालन भईरहेको परीक्षामा उक्त संख्याका परीक्षार्थी अनुपस्थित देखिएको हो ।
सप्तरीबाट कुल ८ हजार ७ सय ५६ विद्यार्थी परीक्षामा सहभागी हुने जनाईएपनि पहिलो दिन ८ हजार ४ सय ४४ जना मात्र परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशीकुमार यादवले जानकारी दिए । परीक्षामा ४ हजार ३० पुरुष र ४ हजार ४ सय महिला गरि ८ हजार ४ सय ४४ जना सहभागि भएको उनले बताए ।
जिल्लाका ९२ सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४४ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले जनाएको छ ।
सप्तरीबाट नियमित तर्फ ७ हजार ८ सय ५९, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ८८ विद्यार्थी सहभागी हुने बताईएको थियो ।
जिल्लाको लागि ३७ वटा परीक्षा केन्द्र, ३७ केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४ सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५ सय ५५ जना सुरक्षाकर्मी, १ सय ६२ जना कार्यालय सहयोगी गरि जम्मा १ हजार ३ सय २ जना कर्मचारी खटाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ