News Category 2081/12/07
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
शम्भुनाथ नगरपालिका ३ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल शम्भुनाथ मन्दिर छेउछाउका जग्गा अतिक्रमण गरेर बनाइएका संरचरनाहरु शम्भुनाथ नगरपालिकाले बिहीबार भत्काएको छ ।
उक्त मन्दिर छेउछाउका सार्वजनिक एवं सडकको जग्गा समेत अतिमक्रमण गरेर बनाईएका घर टहरा डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका संरचनाहरु हटाउन पटक–पटक लिखित र मौखिक आग्रह गर्दापनि अटेर गरेको पाईएपछि पालिकाले ती संरचना भत्काउन सुरु गरेको शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले बताए ।
सार्वजनिक जग्गामा बनाईएका टहरा हटाउन नगरपालिकाले ८ महिना यता ३५, १५ र ७ दिनको सूचना पटक पटक जारी गरिएको तथा अन्तिम पटक दिईएको म्याद चैत ४ गते सकिएको उनले बताए ।
धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको उक्त मन्दिरकै नामबाट शम्भुनाथ नगरपालिका नामांकरण गरिएको बताउँदै उनले मन्दिर क्षेत्रलाई व्यवस्थि गर्न पनि यस्तो अभियान शुरु गरिएको जानकारी दिए ।
उनले अतिक्रमित जग्गा खाली गराई मन्दिर क्षेत्रलाई व्यवस्थित गर्दै मन्दिरको सौन्दर्यकरण गर्ने काम पनि केही दिन भित्रै सुरु गर्ने गरि टेण्डर प्रक्रिया पनि अघि बढि सकिकेको बताए ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरी, वडाध्यक्ष नवीन कुमार चौधरी, विजय साह, जामुन प्रसाद चौधरी, ट्राफिक प्रहरी प्रमुख रामबालक राय यादव, नेपाल प्रहरीका असई उपेन्द्र यादव, सशस्त्र प्रहरीका असई श्रवण कुमार मंडलका साथै ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थितिमा पहिलो दिन १७ वटा घर टहरा भत्काईएको प्रमुख प्रशासकीय अधिकृत सोनुले जानकारी दिए ।
उक्त ऐतिहासिक मन्दिरमा प्रत्येक नयाँ बर्षको अवसरमा बैशाख १ देखि एक महिना लामो मेला लाग्दै आएको छ । मन्दिरको प्राङ्गणमा लाग्ने यो मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका लाखौं तिर्थयात्रीहरु आउने गरेका छन् । तर, अतिक्रमणले समस्या हुँदै आएकाले मन्दिरको संरक्षण र सम्वद्र्धन गर्ने र मेलालाई पनि व्यवस्थित गर्ने उद्देश्यले यस्तो कदम चालिएको कार्यवाहक नगर प्रमुख चौधरीको भनाई छ ।
मन्दिर आसपासका मात्र नभई नगरको अन्य जग्गा तथा सडक मिचेर बनाईएका टहरा पनि क्रमशः हटाईने योजना रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ