News Category 2081/12/09
कोशी कोलोनीमा सडक बन्ने
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित कोशी प्रोजेक्ट कोलोनी बस्तीमा पक्की सडक निर्माण हुने भएको छ ।
उक्त पक्की सडक ढलान कार्यको शनिबार गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।
गाउँपालिका कार्यालयको ५५ लाख ८२ हजार ७१ रुँपैया तथा जनसहभागिताको ४ लाख १७ हजार ६ सय रुँपैयाको लगानीमा बन्न लागेको सडक २०८२ जेठ १५ गते भित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
सडक ढलान निर्माण कार्य सम्पन्न भएपछी उक्त बस्तीमा रहेका ८० घरधुरी परिवारका साथै आसपासका बासिन्दालाई समेत सहज हुने अध्यक्ष यादवको कथन छ । उनले अति पुरानो बस्तीको रुपमा रहेको कोशी प्रोजेक्ट कोलोनीका बासिन्दाको सहज आवतजावतका लागि आफूले सडकका लागि पहल गरेको बताए । शिक्षा, स्वास्थ्य र कृषिका साथै बाटोघाटो निर्माण आफ्नो उच्च प्राथमिकतामा रहेको उनको भनाई छ ।
उक्त अवसरमा जसपा नेपालका गाउँकमिटी सचिव राहुल राय, वडा कमिटि अध्यक्ष देवनारायण यादव तथा स्थानीय भरभलादमीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ