News Category 2081/12/09
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरी प्रहरीले दुई महिनाको अवधीमा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद गरेको लागुऔषध गाजा नष्ट गर्ने कार्यलाई शनिबार पनि निरन्तरता दिएको छ ।
प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ । अघिल्लो दिन शुक्रबार पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो । दुई दिनको अवधीमा प्रहरीले ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ ।
उक्त गाजाहरु तस्करीका लागि गाडीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले विभिन्न मितिमा सप्तरीको बोदेबरसाइन नगरपालिका र बलानबिहुल गाउँपालिका क्षेत्रबाट बरामद गरेको थियो ।
बरामद गाजा ठूलो परिमाणमा रहेकाले जनस्वास्थ्यको ख्याल गरि मानव बस्तिबाट टाढा एकान्त स्थलमा पु¥याई जलाएर नष्ट गर्न थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधी, स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा उक्त गाजाहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ