News Category 2081/12/10
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीले मुसहर समुदायको हक, अधिकार, पहिचान तथा सर्वाङ्गीण विकास सुनिश्चित गराउने अभियानलाई सशक्त बनाउने उद्देश्यले १२ बुदे माग राख्दै दिनाभद्री जन्मोत्सव मनाउने भएको छ ।
२०८१ चैत २५ गतेदेखि तीन दिनसम्म चल्ने १० औ दिनाभद्री जन्मोत्सव मेला धुमधामका साथ जिल्लाको खडक ८, डोलबजार, बोदेवरसाइन २ योगिया बैरियामा मनाउन गईरहेको जनाइएको छ ।
मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाद्वारा आइतबार जारि विज्ञप्तिमा मुसहर आयोग गठन र मुसहर समुदायको हकहितका लागि विशेष आयोग गठन गरी नीतिगत सुधार गर्नलगायत १२ बुँदे माग अघि सारिएको उल्लेख छ ।
विज्ञप्तिमा नेपालको सबैभन्दा पछि पारिएको समुदायमध्ये एक मुसहर जातिको हक अधिकार पहिचानलाई बलियो बनाउन तथा नेपालमा मुसहर जात आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, तथा राजनीतिक रूपमा निकै पछाडि पारिएको भन्दै यी क्षेत्रमा राज्यको उपेक्षा र विभेदकै कारण मुसहर जातअझै पनि गरिबी, अशिक्षा, भूमिहीन र अवसर विहीनताको चक्रमा झेलिएको जिकिर गरिएको छ ।
मुसहरको सुकुम्बासी समस्या समाधान, मुसहर समुदायको लागि निःशुल्क जग्गा उपलब्ध र स्थायी बसोबासकी सुनिश्चितता, मुसहर समुदायका विद्यार्थीहरूलाई प्राथमिक तहदेखि निःशुल्क उच्च शिक्षा (पिएचडी)को व्यवस्था, रोजगारी र आर्थिक अवस्थाको उत्थानमा विशेष कार्यक्रम लागू गर्न, मुसहर समुदायका युबाहरूलाई रोजगारी, सीपमूलक तालिम, र आर्थिक सहयोग उपलब्ध गराउन, सांस्कृतिक पहिचान र सम्मानको ग्यारेन्टी, मुसहर समुदायको भाषा, संस्कार, परम्परा र सास्कृतिक सम्पदालाई जोगाउन विशेष नीति, मुसहर तथा दलितमाथिको अन्याय अत्याचार बन्द गर्न, सप्तरीका खडक र बोदेबर्साइन नगरपालिकामा दिनाभद्री बाबा मन्दिरका अतिक्रमित जन्मभूमी जग्गालाई फिर्ता गराउन उचित व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै दिनाभद्री बाबाको सप्तरीमा रहेका विभिन्न स्थलहरु जस्तैः मरौटी (कटैया), जरौटी (सखुवा) र जन्मस्थल (ढोलबजा, योगिया–वैरिया) जस्ता धरोहर हाल गैरजातहरुले कब्जा गरेर भोगचलन गर्दैजाएका हुदाँ सकुशर फिर्ता गराउन तर्फ पहल र दिनाभद्री बाबाको धनुषा जिल्ला जनकपुर उपमहानगरपालिमा रहेका दिनाभद्री स्थल भूमाफियाको कब्जामा रहेकाले मुसहर जातको धरोहर फिर्ता गराउन तर्फ पहल गर्न समेत माग गरिएको छ ।
विज्ञप्तिमा मुसहर समुदायको अधिकार प्राप्त नभएसम्म संघर्षलाई निरन्तरता दिने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ