News Category 2081/12/11
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षिय जालाधर राम छिमेकीद्वारा निर्घात कुटिएका छन् ।
मादक पदार्थ सेवन गरी गाली गलौज गरेको भन्दै उनी कुटिएका हुन् । कुटाइबाट टाउकोमा गम्भिर चोट लागि १० वटा टाका लगाइएका उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था बिग्रिदै गएपछी चिकित्सकले बाहिर लगेर उपचार गराउन सल्लाह दिएको बुवा महेन्द्र रामले बताए ।
घाइतेका बुबा महेन्द्रका अनुसार तीन दिन अघि मादक पदार्थ सेवनगरी आफूहरुलाई गाली गलौज गरेको भन्दै छिमेकी राजलाल राम र उनका नाती निरज रामले बाँसको भाटाले छोरालाई निर्घात कुटपिट गरेका थिए ।
बेहोस अवस्थामा उपचारका लागि ल्याइएको छोराको अवस्था झन विग्रिदै गएको र चिकित्सकले उपचारका लागि बाहिर लैजान भनेपछि आर्थिक अभावले आफू थपसमस्यामा परेको उनले सुनाए ।
उनले सोमबार छोरालाई मरनासन्न हुनेगरी कुटपिट गर्ने राजलाल राम र निरज कुमार राममाथी कडा कारवाही, घाइतेको उपचार तथा क्षतिपूर्तीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन समेत दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान तथा कुटपिटमा संलग्नको खोजिकार्य भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ