News Category 2081/12/13
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब र धम्की आउन थाल्यो”
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित महुकी विचला टोलकी एक महिला बाटो बिस्तारको नाममा आफूलाई मात्र हानी नोक्सानी हुने गरी जग्गा छाड्न अनावश्यक दबाव र दुःख दिन थालिएको आरोप लगाएकी छिन् ।
बुधबार टोलमै संचारकर्मीहरुसीत आफ्ना कुरा राख्ने क्रममा ४५ बर्षीया ललिता साहले यस्तो आरोप लगाएकी हुन् । उनले आफ्नो नम्बरी जग्गाबाट एकलौटी ढंगले बाटो निकाल्नका लागि छिमेकी सियाराम साह, देवकी साह, वडाध्यक्ष कर्णदेव चौधरीका साथै प्रहरी समेतले जग्गा छाडिदिन पटक पटक दवाव दिन थालेको गुनासो गरिन् ।
श्रीमान् सागर वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको समयमा आफ्नो नम्बरी जग्गाबाट मात्र बाटो निकाल्ने भन्दै एकतर्फी हानी नोक्सानी पु¥याउन खोजेको र आफू सहमत नहुँदा पटक–पटक प्रहरी समेत लगाई दवाव र धम्की दिन थालेको उनले दुखेसो पोखिन् ।
उनी आफ्नो जग्गाको अग्रभागमा रहेको कित्ता नम्बर ९७० को ९ धुर तथा पछाडी भागमा रहेको ६ कठ्ठा १० धुर जग्गामा घर, गोठ र बगैचा बनाएर बसोवास गर्दै आएकी छिन् । बाटोको लागि आफू जग्गा दिन तयार रहेको तर, आफूले दिए जति जग्गा दाहिने तर्फका संधियारहरुले पनि दिएमा आफूलाई थोरै क्षति पुग्ने उनको भनाई छ । आफ्नो जग्गा मात्र छाडिदिन विपक्षीले दवाव दिईरहेकाले आफू तनावमा परेको उनले सुनाईन् ।
वडाअध्यक्ष चौधरीले भने हाल ललिताले छाड्न नमानेको जग्गामा परापुर्वकाल देखि नै गोरेटो बाटो रहेको दावी गरेका छन् । वडाध्यक्ष चौधरीले भने अहिले व्यवस्थित गर्न खोज्दा उल्टै टाटीले घेरवार गरि ललिता र उनका आफन्तले बाटो अवरुद्ध गरिदिएका बताए ।
बाटो अवरुद्ध हुने गरि टाटीले घेरवार गर्दा छरछिमेकलाई आवत जावतमा समस्या भएको भन्दै उनले आफूले सडकका लागि जग्गा छाड्नु भन्दा पनि परापुर्वकालदेखि गाउँलेले प्रयोग गर्दै आएको बाटो खुलाउन मात्र दवाव दिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ