News Category 2071/11/19
भ्रष्टाचार अन्त्य नभएसम्म स्वच्छ समाजको निमार्ण हुन नसकिने ः पुर्वाञ्चल अख्तियार प्रमुख बस्नेत
दैनिक संवाददाता
राजविराज, १८ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा भ्रष्टाचार मुक्त समाज निमार्णका लागि सम्बन्धित सबै सरोकारबालाहरुसँग अनुरोध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वान्चल क्षेत्रिय कार्यालय धनकुटाका क्षेत्रिय प्रमुख डुल्लुराज बस्नेतले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म स्वच्छ समाजको निमार्ण हुन नसकिने बताउँनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वान्चल क्षेत्रिय कार्यालय धनकुटाद्वारा सोमबार आयोजित जिल्लास्तरीय एक दिने अन्तरक्रिया गोष्ठि कार्यक्रममा बोल्नुहुँदै क्षेत्रिय प्रमुख बस्नेतले माथिल्लो निकायमा सुधार भएपछि मात्र जिल्लादेखि गाविस निकायसम्म क्रमिक रुपमा सुधार हुने विश्वास व्यक्त गर्नुहुँदै असल नियतले काम गर्नेलाई अख्तियारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउँनुभयो ।
गलत तरीकाबाट कमाएको सम्पति काम नलाग्ने बताउँदै प्रमुख बस्नेतले राज्यको लागि काम गर्दा दोब्बर तेब्बर सेवा सुबिधा पाउँन सकिने बताउँनुभयो ।
प्रमुख बस्नेतले माथिल्लो निकायबाट नै भ्रष्टाचार मुक्त बनाउँनुपर्नेमा जोड दिनुहुँदै उहाँले प्रमाणसहित आएको उजुरीको आधारमा आवश्यक छानबिन गरी कडा कानुनी कार्बाही गर्ने प्रतिवद्धता जनाउँनुभयो । उहाँले प्रमाण बिना आएको उजुरीमाथि कुनै कार्बाही नहुने बताउँदै गलत उजुरी गर्नेलाई ५ हजार जरिवाना समेत तिर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले अख्तियारकै कारण जिल्लामा ७५ प्रतिशत भ्रष्टाचार मुक्त भएको बताउँदै सबैको सहयोग भएमा मात्र जिल्लाबाट भ्रष्टाचार मुक्त हुने बताउँनुभयो ।
उहाँले सरकारी कार्यालयमा सिसि क्यामरा जडान गरेर मात्र नभई प्रत्येक नागरिकको आँखामा सिसि क्यामरा रहेकाले सबै जनाले जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउनका लागि आ–आप्mनो स्थानबाट सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभयो । प्रजिअ यादवले प्रमाण सहित आएमा भ्रष्टाचार गर्ने जस्तो सुकै कर्मचारी अथवा ब्यक्तिमाथि आवश्यक कानुनी कार्बाही गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
राजविराज नगरपालिकाको सभाहलमा आयोजित सो अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वान्चल क्षेत्रिय कार्यालय धनकुटाका सहसचिव पुष्करराज नेपाल, स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका एसपी ह्दय नारायण मण्डल, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख ईन्जिनियर लोकेन्द्र प्रसाद यादव, जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राई, श्री कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, जिल्ला वन कार्यालयका प्रमुख नन्द लाल राय यादव सहित विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ