News Category 2081/12/14
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही टोलका ६० वर्षिय बृद्ध देवनारायण राय क्यान्सर पीडित छोराको उपचार खर्चका लागी छटपटाई रहेका छन ।
दश वर्ष अघि दुर्घटनामा एउटा खुट्टा गुमाएका बृद्ध वुवा देवनारायण आर्थिक अभावमा बुढेसकालका सहारा एक मात्र छोराको उपचारमा भए भरको सम्पती खर्चिए पनि अपुग रहेकोले अहिले उनी छटपटाई रहेका छन् ।
पायल्स रोगबाट विरामी परेका छोराको उपचारका लागी दुई धुर जग्गामा बनेको पृmुसको घर गाउँ कै साहु महाजनलाई बन्धकी राखेर ऋण उ्ठाई उपचारका लागी भारत बिहार राज्यको राजधानी पटना पु¥याउदा उनलाई क्यान्सर रोग भएको पत्तो लागेको थियो ।
केही दिन पटनास्थित एम्स अस्पतालमा उपचार गरेपछि डाक्टरले क्यान्सर रोग लागेको भन्दै क्यान्सर अस्पताल लैजान सल्लाह दिएका थिए । त्यसपछि छोरालाई घर ल्याएको उनले भएको एउटा दुहुनो गाई समेत १९ हजार रुपैयामा बेचेर चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा भर्ना गराएका छन ।
तीन दिन अघि मात्र प्रसान्तको अपरेशन गरिएको छ । त्यहाँ उपचार, औषधी, बेडशुल्क लगायत गरी अहिले सम्म १ लाख ५० हजार रुपैयाको विल अस्पताल प्रशासनले भुक्तानीका लागी अभिभावकलाई दिएका छन । किमो गर्ने काम पनि बाँकी नै रहेकोले थप डेढ÷दुइ लाख रुपैयासम्म लाग्ने डाक्टरहरुले बताएका छन । उनले रकमको अभावमा अहिले डाक्टरले पुर्जामा लेखिदिएको सबै औषधी पनि खुवाउन नसकेको बताए ।
उपचार महगो हुने र अप्रेशन भएकाले थप खर्च जुटाउन समस्याका साथै दैनिक ज्यालादारी गरी ६ जनाको परिवार पाल्दै आएका छोरा विरामी परेपछि हातमुख जोड्न समेत समस्या भएको उनको भनाई छ ।
क्यान्सर पीडित प्रशान्तको श्रीमतीसहित ११ वर्षिय विपिन र ५ वर्षिय सुसान्त गरी दुई छोरा छन । घर परिवार चलाउने एकमात्र अभिभावक प्रसान्त विरामी परेपछी उनीहरुको पनि विजोग भएको देवनारायणले सुनाए ।
सबैलाई सहयोगबाट छोरा बचाइदिन उनले अपिल समेत गरेका छन । उनले छोराको उपचारमा सहयोग गर्न चाहनेहरुलाई ९८१७३९२४३, ९७०३४२८६५९ र ९८५२८२०९२७ मा सम्र्पक गर्न अनुरोध समेत गरेका छन ।
हाल उनको उपचारमा सहयोग जुटाउन स्थानीय समाजसेवी किशोर कुमार यादव “केसी” ले पहल थालेका छन । आफ्नो पहलमा केही रकम जुटेको छ तर त्यो प्रशान्तको उपचारका लागी पर्याप्त नरहेको उनी बताउछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
- 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
- 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
- 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ