News Category 2081/12/17
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
जिउँदै जलाएर पत्रकार सुरेश रजकलाई मारिएको भन्दै सप्तरीका पत्रकारहरुले आइतबार कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर आ–आफ्नो कार्यक्षेत्र तिर लागेको अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
उनले अराजक तत्वहरुले आन्दोलनको नाममा जिउँदै जलाएर पत्रकार रजकलाई मारेको विरोधमा कालोपट्टी बाँधेर विरोध जनाइएको तथा सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईने र मंगलबार बुद्धिजीवी तथा पेशाकर्मी संघ संस्था संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए ।
काठमाडौंको तिनकुनेमा समाचार संकलन गर्न गएका पत्रकार रजकलाई शुक्रबार जिउँदै जलाएर मारेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले कालोपट्टी बाँधेर विरोध जनाए ।
एभिन्यूज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत रजकलार्य समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले शुक्रबार घरमा ढोका थुनेर बाहिरबाट आगो लगाई जिउँदै जलाएर मारेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ