News Category 2081/12/18
ईक्युवालिटी कपमा सप्तरी बिजयी
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित चौथो ईक्युवालिटी कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सप्तरी क्रिकेट टिम बिजयी भएको छ ।
सोमवार सप्तरी र ईलाम बिच भएको खेलमा साक्षी यादबको उत्कृष्ट ब्याटिङले सप्तरीले ईलामलाई ८ बिकेटले पराजित गरेको हो ।
ईलामले दिएको १ सय १८ रनको लक्ष्य सप्तरी टिमले दुई बिकेट गुमाई बिजय हासिल ग¥यो । जसमा साझी यादबले १० चौकाको मदतले अबिजित ६० रन बनाएपछि सप्तरीको जित सुनिश्चित भएको थियो । यस्तै बन्दना रजकले १३ रन र अपेक्षा यादबले ११ रन बनाएकी थिइन् । यस्तै बलिङतर्फ ईलामका टिकामाया तमाङ र मुुना रायले १÷१ बिकेट लिएकी थिइन् ।
यसअघि टस जितेर ईलामले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय १७ रनको योगफल खडा गरेका थियो । जसमा प्रियंका राई ४१ र दिपा लिम्बू १० रन बनाएर अविजित रहीन भने अन्य ब्याटरहरू दोहोरो अंक पार गर्न सकेनन् ।
बलिङतर्फ सप्तरीकी सुस्मिता यादबले दुई ओभरमा १९ रन खर्चेर २ बिकेट हात पारिन भने अपेक्षा यादब, संचिता यादब र बन्दना रजकले समान्य १÷१ बिकेट हात पारेकी थिइन् ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीकी साक्षी यादब घोषित भएको टिम ब्यबस्थापक बिना यादबले जानकारी दिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ