News Category 2081/12/19
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्नेमा राजविराजमा मंगलबार आयोजित एक अन्तरक्रियाका सहभागिहरुले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार पत्रकार र संचार गृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेशागत संघ संगठनसंग गरेको अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
काठमाडौंमा शुक्रबार मारिएका पत्रकार सुरेश रजक र तथा संचारगृहमा भएको आक्रमण विरुद्ध आन्दोलनमा उत्रेका पत्रकार महासंघले पेशागत संघ संगठनसंग अन्तरक्रियाको आयोजना गरेको हो । आयोजित अन्तरक्रियामा वक्ताहरुले परिवर्तनको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पत्रकारहरु माथि पटक–पटक आक्रमण हुँदै आएकोले उनीहरुको सुरक्षाका लागि छुट्टै कडा कानुन ल्याउनुपर्नेमा वक्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै सप्तरी जिल्ला वार एशोसिएशनका सचिव राम एकवाल मंडलले जनताको मौलिक हक र मानव अधिकारको संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संचारकर्मीहरुको सुरक्षाका लागि छुट्टै कानुन ल्याउनु आवश्यक रहेको बताए । उनले संचारकर्मीहरुले अराजकता र भ्रष्टाचार विरुद्ध कलम चलाउने गरेकै कारण असुरक्षित हुँदै गएकोले कानुन ल्याउन सरकार संग माग गरे ।
प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष उमेश कुमार यादवले जनतालाई सूचना समाचार दिन अहोरात्र खटिने पत्रकारलाई सुरक्षा दिन राज्य संग माग गरे । गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले निर्वाह गरेको भूमिका स्मरण गर्दै उनले पत्रकारको सुरक्षाप्रति संम्वेदनशील भएर राज्यले कानुन ल्याउनु पर्ने जिकिर गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वअध्यक्ष बैद्यनाथ झा तथा पुर्वअध्यक्ष मुरली प्रसाद यादवले पत्रकार र संचारगृहको सुरक्षा गर्ने दायित्व कसको ? भन्ने प्रश्न उठाए । सुनियोजित रुपमा सुरेश रजकको निर्मम हत्या भएपनि अहिले सम्म संलग्न व्यक्ति पक्राउ नपर्नु राज्यको कमजोरी भएको उनीहरुको कथन छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार एवं अधिकारकर्मी मनोहर पोखरेल, नेपाल प्रेस युनिययनका अध्यक्ष विनय कुमार लाल कर्ण र नेपाल प्रेस मञ्चका अध्यक्ष भूषण कुमार सिंहले पत्रकारको निर्मम हत्या गर्ने, घाईते बनाउने र संचारगृहमा आक्रमण गर्ने उपर अविलम्ब सरकारले पक्राउ गरि कारवाही अगाडी बढाउन तथा घट्नाबाट पीडित बनेकाहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ