News Category 2081/12/20
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना सम्भव नरहेको बताएका छन् ।
नेकपा एकिकृत समाजवादी सप्तरीको १०औं जिल्ला अधिवेशनको बुधबार राजविराजमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।
“राजालाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्था अनुसार पार्टी खोलेर निर्वाचनमा भाग लिई बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सक्ने बाटो खुल्ला छ ।” उनले भने “वंशवादको विगत तर्फ फर्किने सम्भावना छैन् ।”
वंशवादको शासनको नाउँमा फेरी जंगबहादुरलाई ल्याउने हो भन्दै उनले प्रश्न गरे । नेपालमा वंशका आधारमा निरंकुश शासन गर्ने प्रणाली सदाका लागि अन्त्य भएको उनको दावी थियो ।
राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफू समेत भएको र दमनको जम्मै कुरा नेपाली जनतालाई पनि अझै याद रहेको उनले जिकिर गरे । आफू समेत पुर्वराजा ज्ञानेन्द्रबाट दुःख पाएको स्मरण गर्दै उनले मोवाईल खोसी, सम्पर्क विहिन बनाई र घरमा नजरबन्द राखेको अनुभव समेत सुनाए ।
उनले पछिल्लो समय काठमाडौंमा भएको राजावादी आन्दोलनलाई अराजक गतिविधको संज्ञा दिदै अराजक समूहले आफूहरुको पार्टी कार्यालयमा तोडफोडका साथै सम्पति लुटपाट गरेको आरोप समेत लगाए ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न समारोहमा केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, प्रदेश सांसद एवं पुर्व मन्त्री गोविन्द न्यौपाने, मधेश प्रदेश अध्यक्ष एवं पोलिटव्युरो सदस्य रामचन्द्र यादव, प्रदेश सचिव एवं पोलिटव्युरो सदस्य सुधिर साह, महिला नेतृ एवं पोलिटव्युरो सदस्य उषा पोखरेल, पार्टीका प्रचारप्रसार विभागका केन्द्रिय प्रकाश खतिवडा, नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झा लगायतको उपस्थिति रहेको थियो ।
बुधवार नै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले जिल्ला समन्वय समितिको सभाकक्षमा सभापति शिवनारायण साहको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर जिल्लाको समग्र सुरक्षा अवस्था, राजावादीको गतिविधि तथा सीमा क्षेत्रका सुरक्षा चुनौती लगायतका विषयमा आवश्यक जानकारी समेत लिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ