News Category 2071/11/20
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन महिलासहित ६ जना घाइते
दैनिक संवाददाता
राजविराज, १९ फागुन ।
सप्तरीमा सोमबार र मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन महिलासहित ६ जना घाइते भएका छन् ।
सप्तरीको भारदह कुनौली सडक खण्डस्थित १ नं जोगनिया वडा नं २ मा भारदहबाट हनुमाननगर आउदै गरेको ट्याक्टरले सोमबार ठक्कर दिँदा एकजना घाइते भएका छन् ।
स १ त ४२२९ नं को ट्याक्टरले सोही दिशाबाट आइरहेको स ५ प ७३७ नं को मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिदा जिल्लाको को. बर्साइन गाविस वडा नं ८ बस्ने २२ वर्षिय श्याम मण्डल घाइते भएका छन् ।
घाइते मण्डलको हनुमाननगरस्थित क्लिनिकमा उपचार भइरहेको तथा मोटरसाइल र ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर ३ मा पश्चिमबाट पूर्व जादै गरेको स २ प ६०४७ नं को मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा घाइते भएका छन् भने मोटरसाइकल पुनः ट्रकमा ठोक्किदा त्यसमा सवार श्रीमान श्रमिती समेत घाइते भएका छन् ।
सो ठक्करबाट सप्तरी इनरुवा फुलबारिया ९ बस्ने ४२ वर्षका मो.मुक्तार घाइते भएको प्रहरीले जनाएको छ । साथै उक्त मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ३ क २७७३ नं को ट्रकमा पुनः ठोक्किदा मोटरसाइकल चालक सिराहा लाहान नपा १५ का ५२ वर्षिय सिताराम विक र निजकी श्रीमती ५० वर्षीया जुठी विक घाइते भएका छन् ।
घाइते दुबैलाई उपचारका लागि लाहान पठाइएको तथा साईकल यात्रीको स्थानिय किल्निकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता मोटरसाइकल, साईकल, ट्रक तथा ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा राखेको छ ।
यसैगरि मंगलबारै कल्याणपुर ३ मा पूर्व जाँदै गरेको को.१६ प ३०६१ नंं. को मोटरसाइकलले पैदल यात्रि कल्याणपुर बस्ने ४५ बर्षीया सुनेर देवी साहलाई ठक्कर दिदा गम्भिर घाइते भएकी छिन् । गम्भिर भएकी साहलाई उपचारका लागि लाहान पठाइएको छ भने मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यस्तै मंगलबारै सप्तरी खोजपुर ८ स्थित राजमार्गमा पश्चिम आउदै गरेको स ३ प ५३४९ नं को मोटरसाइकलले दक्षिणबाट उत्तर आउदै गरेको साईकललाई ठक्कर दिदा साईकल चालक खोजपुर १ निवासी ६५ की झली चौधरी घाइते भएकी छिन् । टाउमा चोट लागि गम्भिर घाइते भएकी चौधरीलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
यता मोटरसाइकल चालकलाई ईलाका प्रहरी कडरवोनाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ