News Category 2081/12/24
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि नवलकिशोर साहले आइतबार शारीरिक रुपमा अशक्त भई कष्टकर बिताउन बाध्य २५ जनालाई ह्वील चेयर बितरण गरेका छन् ।
नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको ९६ औं जन्मजयन्ति एवं रामनवमीको अवसर पारेर उनले अशक्त ती २५ जनालाई ह्वील चेयर बितरण गरेका हुन् ।
रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहयोगमा लाखौं मुल्य बराबरको उक्त ह्वील चेयर पाउनेमा ७ देखी ७५ वर्ष उमेर समूह सम्मका २५ जना छन् ।
उपलब्ध अत्याधुनिक प्रविधीको ह्वील चेयर मन्त्री साहले आफ्नो गृहनगर हनुमाननगर कंकालिनी नगरपालिकामा एक समारोहका बीच यसरी बितरण गरेका हुन् ।
जनता समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मन्त्री साहले स्व. सिंह आफ्नो राजनीतिक जिवनमा प्रेरणाको श्रोत रहेकोले आफू आफ्नो क्षेत्रका बासिन्दाको समस्याप्रति समेत संवेदनशिल रहेको भन्दै दातृ संस्थाबाट सहयोग जुटाएर भए पनि सानो मद्दत गर्न पाएकोमा निकै खुशी लागेको बताए ।
नगरपालिका भित्र शारीरिक रुपमा पूर्ण रुपमा अशक्त भएकाहरुको पहिचान गरि पहिलो चरणमा मन्त्रि साहमार्फत २५ थान ह्वील चेयर बितरण गरिएको रोटरी क्लब अफ बर्दीवासका अध्यक्ष बिष्णुराज पुरीले बताए ।
उक्त अवसरमा रोटरी क्लब अफ बर्दीवासका प्रस्तावक अध्यक्ष सिताराम ढुंगेल, नोमिनी अध्यक्ष दिपककुमार कार्की, राष्ट्रिय अपाङ कोषका सदस्य चितरंजन यादव, हनुमाननगर कंकालिनी नगरपालिका उपमेयर सरिता सिपलिया यादव, पूर्वमेयर शैलेश साह, अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डल, दलित सरोकार मञ्चका अध्यक्ष भोला पासवान, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ