News Category 2081/12/25
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन
सतिश कुमार दत्त
राजविराज, २५ चैत ।
राजविराज नगरपालिकाको मुख्य सडकहरुमा जडान गरिएका सिसी क्यामेराहरु विगत १५ दिन देखी विग्रेपनि नगरपालिकाले त्यसको मर्मत संभार गर्न सकेको छैन् ।
नगरको शान्तिसुरक्षा र नगर क्षेत्र भित्र हुने विभिन्न घटना दुर्घटना निगरानी गर्ने उद्देश्यले जडान गरिएको सिसी क्यामेराले काम नगर्दा अपराधका घटनाको सत्यतथ्य पत्ता लगाउन अप्ठ्यारो भएको छ ।
राजविराज नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नगरको शान्ति सुरक्षाका लागी जडान गरेको सिसी क्यामेराहरुको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
सडक दुर्घटनाका बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा पुग्दा १५ दिन भन्दा बढी समयदेखी सो सिसी क्यामेराहरु नचल्ने भएर केही जानकारी दिन असमर्थ रहेको कार्यालयका आईटी शाखाले जनाएको छ ।
क्यमेराको संचालन र रेखदेख गर्ने जिम्मेवारी राजविराज नगरपालिको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
“हामीले क्यामराको सहयोगबाट गतिबिधी मात्र हेर्ने हो, क्यामेराको संचालन र रेखदेखको जिम्मेवारी नगरपालिकाको हो ।” उनले भने, “चैत ९ गते राजविराजस्थित जनआन्दोलन चौकमा रहेको बिजुलीको पोलमा आगलागि भएपछि सोही दिनदेखी क्यामराहरु चल्न बन्द भएको छ, चैत १० गते मौखिक रुपमा नगरपालिकालाई जानकारी गराउँदा पनि नबनाएपछि चैत १५ गते लिखित रुपमै पत्राचार गरेका छौं, तर हाल सम्म पनि मर्मत भएको छैन ।”
यस सम्बन्धमा कावा नगरप्रमुख इसरत परवीनसंग बुझ्न खोज्दा राजविराजको मेन रोडमा आगलागी हुदा केही तारहरु जलेको बताउदै उनले मर्मतका लागी प्रयासरत छौ, चाडै ठिक हुने आवश्वसन दिए ।
नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाखको लागतमा उपभोक्ता समिति मार्फत नगरभरी सिसी क्यामेराहरु जडान गरेको थियो ।
रातीको समयमा सिसि क्यामराको भिजनलाई राम्रो बनाउन ५ थान फ्लोड लाईट र १३ थान मिनि फ्लोड समेत जडान गरिएको गरिएपनि यो सेवा कहिल्यै नियमित रहेको छैन ।
राजविराज नगरपालिकाले १ सय १५ थान क्यामेरा जडान गरिएको बताए पनि प्रहरी नियन्त्रण कक्षमा ८३ वटा क्यामेराको गतिवीधी मात्र हेरिने गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ