News Category 2081/12/26
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नयाँ नेतृत्वको चयन गर्दै नेपाल साँस्कृतिक महासंघ सप्तरीको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बसन्त साह स्वर्णकारको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८ तथा प्रदेश अधिवेशन प्रतिनिधिमा १२ जनाको सर्वसम्मतले चयन समेत गरेको छ ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामनारायण साह, शैलेन्द्र विश्वकर्मा, सुनिता चौधरी, रन्जु साह, रामकुमार सिंह, महिनारायण मण्डल, विभा देव, नरसिंह चौधरीको चयन गरेको छ । यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा भगवती चौधरी, आनन्दी मण्डल, राजदेव मण्डल, सत्यदेव यादव, बिजय साह, भोला खंग, महिनारायण चौधरी, अनुकुमारी चौधरी, विशेश्वर प्रसाद साह, बिरेन्द्र विश्वकर्मा, रामकिसुन मण्डल र शर्मिला चौधरीको चयन गरिएको छ ।
उक्त अधिवेशनको प्रमुख अतिथि नेपाल साँस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले उद्घाटन गरेका थिए । उक्त अवसरमा नेपाल साँस्कृतिक महासंघका केन्द्रिय महामन्त्री, केन्द्रिय सदस्य शुसिल सेवा, विशिष्ट अतिथि नेपाली काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल किसान महासंघका केन्द्रिय सदस्य बिन्देश्वर प्रसाद साह, नेपाल मुस्लिम संघका महासचिव इर्साद अन्सारीका साथै उल्लेख्य संख्यामा स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ